डियूटीमा रहेका प्रहरी जवानको मृत्यु

  प्रकाशित मिति
२ फाल्गुन २०७२, आईतवार १२:३८


झापा, २ फागुन । काममा खटिएका सशस्त्र प्रहरीका एक जवानको शनिबार राति मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापाको ज्यामिरगढी– ८ स्थित ६ नम्बर पोस्टमा काममा खटिएका सशस्त्र प्रहरीका अर्जुन योञ्जनको गएराति १२ बजे मृत्यु भएको हो ।

सशस्त्र प्रहरी चौकी सतिघट्टामा कार्यरत उनी काममा खटिएकै बेला गएराति अचानक ढलेर बेहोस भएको र उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले जानकारी दिइ ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: