डिल्लीले फलाए रायो साग

  प्रकाशित मिति
६ जेष्ठ २०७५, आईतवार ११:४३


धुलाबारी । मेचीनगर–९ का किसान डिल्लीराज उप्रेतीको बारीमा यतिबेला रायोको साग लहलह भएको छ ।

नेपाल सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत सिञ्चाई पूर्वाधारसहितको हाइटेक नर्सरीभित्र उप्रेतीले लगाएको रायो लहलह भएको हो ।

एक महिना अघि ११ लाख ९२ हजार ६ सय ५६ रुपैयाँ खर्च गरेर बनाएको एक कठ्ठा जमिनमा रहेको हाईटेक नर्सरी भित्र फलेको रायोको पात बाहिरको तुलनामा निक्कै ठुलो भएको किसान उप्रेतीले बताए ।

नर्सरी भित्र एकै प्रकारको तापक्रम हुने र लगाएको मलबाट बिरुवाले पाउने खाद्यतत्व समेत पूर्ण रुपमा उपयोग हुने भएकाले पनि उत्पादन राम्रो हुने उप्रेती बताउँछन ।
एक महिना भन्दा कम समयमा नै रायोको साग खान हुने भएको र २० हजार भन्दा बढीको साग बिक्री समेत गरिसकेको उनले बताए ।

उनले बारीमा फलेको रायो साग किन्नका लागि घरमा ग्राहकहरु आउने गरेको बताए । नर्सरीभित्र उत्पादन गरेका सबै बाली पूर्ण रुपमा अग्र्यानिक हुने पनि उप्रेतीले जानकारी दिए ।

डिल्लीका अनुसार रायो निकालेर नर्सरी भित्र टमाटरका बेर्ना लागाउने तयारी छ । नर्सरी भित्रै टमाटरका बेर्ना उत्पादनको कार्य शुरु गरिएको पनि उप्रेतीले बताए ।

आधुनिक प्रविधि प्रयोग गरी कृषि उत्पादनमा लागेका उप्रेती दम्पती हाल आफ्नो एक बिगाहा र भाडामा लिएको एक बिगाहा गरी दुई बिगाहा जमिनमा तरकारी, कागती, मेवा, रुख जातका बिरुवा उत्पादन गरेर बिक्रि बितरण गरेर जिल्ला कै उदाहरणीय किसानका रुपमा परिचित छन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: