‘डुङ्डुङ्ती गन्हायो, अझै रमिता हेर्छौँ ?’

  प्रकाशित मिति
३० फाल्गुन २०७२, आईतवार ०८:१६


sunuwai fohor

विर्तामोड । विर्तामोड नगरपालिकालाई नगरवासीले फोहोरमैला व्यवस्थापनमा छिटो भन्दा छिटो ध्यान पुर्याउन सुझाव दिएका छन् ।
नगरपालिकाले शनिवार नगरको वडा नं. ५ वेलगाछीस्थित हरिहर आश्रममा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यव्रmममा सहभागी अधिकांश प्रश्नकर्ताले फोहोरमैला व्यवस्थापनमा ध्यान दिन सुझाव दिए ।

‘घना शहर र आवादी वस्तीको माझमा फोहोर डुङ्डुङ्ती गन्हाइरहेको छ’, ५ नं. वडावासी बुद्धिराम भट्टराईले मञ्चमा आसिन नगरका कार्यकारी अधिकृतप्रति लक्षित गर्दै सोधे–‘तपाईहरू के हेरेर बसिरहनु भएको छ ?’

उनले सुगम पम्प र शान्ति टोल छेउको खाली सडक किनारमा फोहोर डम्पिङ गरेर दुर्गन्ध फैल्याइएको भन्दै फोहोरमैला उचित स्थानमा विसर्जन गर्न माग गरे ।

‘हाम्रा सुझावको सुनुवाई हुँदैन भने’, भट्टराईले प्रश्नसहित चेतावनीको भाषामा थपे–‘फोहोर फ्याक्न आएको ट्याक्टरलाई हामी टोलमा घुस्न दिदैनौँ ।’

नगरपालिकाले यस पटकको सार्वजनिक सुनुवाईलाई विर्तामोडको मूल शहरी क्षेत्रबाट निकै टाढा लगेको थियो । कार्यव्रmममा प्राय वडा नं. ५ का वासिन्दा उपस्थित थिए । प्रमुख राजनीतिक दलका प्रतिनिधि र स्थानीय प्रहरी, ट्राफिक र स्वास्थ्य निकायका प्रमुखहरू जवाफदेही वक्ताको रुपमा उपस्थित थिए ।

जनसहभागिता निकै थोरै भए पनि प्रश्नकर्ताहरू नगरको चौतर्फी समस्यातर्फ केन्द्रीत थिए । उनीहरूले फोहोरमैलाको बजारको ढल निकास, धुलो, साँघुरो सडक, ट्राफिक, सुरक्षा, सम्पत्ति कर, सीटी रिक्सा, दमकल, एम्वुलेन्स, भ्रष्टाचार, स्वास्थ्य, शिक्षा, होटलका विकृति, मदिरा सेवन, बजेट, सुकुम्वासी, बेरोजगारी, कृषि, सूचनाको हक लगायतका अनेकन समसामयिक विषयमा सरोकारवाला निकायसँग कडा सवाल जवाफ गरेका थिए ।

sunuwai 1

सवाल सोध्नेमा अग्रपङ्तिमा थिए–चारपाने क्षेत्रका अगुवा देवराज रिजाल । उनले नगरपालिकाबाट नगरवासीले अपेक्षा गरे अनुरुप सुविधा नपाएको भन्दै सफा र समृद्ध शहरको रुपमा विर्तामोडलाई चिनाउन नगरपालिका ठोस योजनाका साथ अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।
विर्तामोड–५ का जगन्नाथ खनालले कृषि थोक बजारको अव्यवस्था र बर्खामा उत्पन्न हुने भलबाढीका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

अर्का प्रश्नकर्ता शङ्कर ढुङ्गेलले ५० हजार जनसङ्ख्या बसोबास गर्ने विर्तामोडमा नगरपालिकाले आयोजना गरेको सुनुवाई कार्यव्रmममा डेढ सय जति सहभागिता समेत नरहनुको जवाफ खोजेका थिए । कार्यव्रmममा ५० भन्दा बढीको सहभागिता थिएन ।

वडा नं. ४ नागरिक वडा मञ्चका संयोजक भवानी ओलीले राजनीतिक दलहरूलाई जिम्मेवार बन्न सुझाव दिएका थिए । हात्तीपाइले रोगको औषधि खुवाउने कार्यव्रmममा जनसहभागिता घटेकोमा राजनीतिक दलले समेत जिम्मेवारी लिनु पर्ने उनको भनाई थियो ।

विर्तामोड–५ कै विमला रेग्मीले पहिलो सार्वजनिक सुनुवाईमा राखेको प्रश्नको ठोस जवाफ अहिलेसम्म नपाएको गुनासो गर्दै अनारमनी स्कुलले जग्गाको ठेक्काको दर बढाएकोमा आपत्ति गरिन् । उनले गरीव तथा निम्न वर्गका मानिसको वसोवास भएकाले ठेक्का घटाइदिन माग समेत गरिन् ।

नेत्र नेपाल र बासुदेव बरालले नगरपालिकाले नगरवासीको ढाड सेक्ने गरी चर्को एकीकृत सम्पत्ति कर नीति लागू गरेको गुनासो गरेका थिए । नगरपालिकाका कार्यकारी अधिकृतले सम्पत्ति करमा परिमार्जन हुनसक्ने बताएको धेरै लामो अवधि वितिसक्दा समेत अहिलेसम्म कुनै नतिजा नआएको उनीहरूको भनाई थियो ।

विद्यार्थी पार्वता ढकालले नगरपालिकासँग युवाहरूलाई रोजगार दिने सम्बन्धमा के योजना छ भनी प्रश्न गरिन् ।

महिला नेतृ तथा वडा नागरिक मञ्चकी ५ नं. वडा संयोजक कृष्णमाया चौधरीले मञ्चले पारित गरेका निर्णयहरू एकरति पनि तलमाथि नगर्न नगर प्राधिकारलाई चेतावनी दिइन् ।

स्थानीय विष्णुप्रसाद पौडेलले नगरवासीका लागि के कति बजेट विनियोजन भएको छ भन्ने वारेमा सम्पूर्ण नगरवासीलाई सुसूचित गर्न माग गरेका थिए ।

कार्यकारी अधिकृत वस्ती, अनारमनी स्वास्थ्य चौकीका इञ्चार्ज लक्ष्मण साह, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्कबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्य लगायतले सहभागीका प्रश्नको उत्तर दिएका थिए । कार्यव्रmमको सञ्चालन नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: