डुडामारी खोलाको पुल उद्घाटन

  प्रकाशित मिति
२१ आश्विन २०७३, शुक्रबार ०९:५०


भद्रपुर, २१ असोज । झापाको धरमपुर गाविसस्थित डुडामारी खोलामा नवनिर्मित पुलको स्थानीय विकास अधिकारी खेमराज ओझाले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

नवनिर्मित पुल निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु ४० लाख, जिविस झापाले रु नौ लाख ६५ हजार र उपभोक्ता समितिबाट रु १४ लाख ३५ हजार गरी रु ६१ लाखमा निर्माण कार्य सम्पन्न गरिएको हो ।

पुलको लम्बाइ २० मिटर र चौडाइ पाँच मिटर रहेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष तारा सिग्देलले जानकारी दिए । सो अवसरमा स्थानीय विकास अधिकारी ओझाले नवनिर्मित पुलबाट स्थानीय जनताको ठूलो आवश्यकता पूरा भएकाले यसको दिगोपनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी, बडादसँैको पावन अवसरमा पारावारी बजार व्यवस्थापन धरमपुर–३ समितिद्वारा लगाइएको सन्थाल सांस्कृतिक मेलामा स्थानीय विकास अधिकारी खेमराज ओझालाई भव्य सम्मान गरियो ।

सो अवसरमा स्थानीय विकास अधिकारी ओझाले आफूले जन्मेको, हुर्केको यो ठाउँलाई हेर्दा समयसापेक्ष विकास हुन नसकेकाले यसको चौतर्फी विकासमा स्थानीय जनता जागरुक हुनुपर्ने विचार व्यक्त गरे ।

आयोजक समितिका अध्यक्ष वेदराज फुँयालको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय विष्णु भट्टराई, केशव ओझा र दुर्गा चम्लागाईंले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: