डेङ्गु सङ्क्रमित सुनिताको मृत्यु

  प्रकाशित मिति
८ कार्तिक २०७४, बुधबार १०:५६


Dengue (1)

मेचीनगर । झापामा डेङ्गु सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका वडा नं. ७ निवासी ३५ वर्षीया सुनिता बराल अधिकारी रहेकी छन् ।

जनस्वास्थ्य कार्यालय झापाले डेङ्गुकै कारण सुनिताको मृत्यु भएको पुष्टि गरेको छ ।
विर्तामोड–४ विर्ताबजारका ४० वर्षीय उमेश साहको समेत डेङ्गुबाट मृत्यु भएको हल्लाको भने जनस्वास्थ्य कार्यालयले खण्डन गरेको छ ।

‘सुनिता बराल अधिकारीको डेङ्गुबाट र उमेश साहको हर्ट एटेकबाट मृत्यु भएको हो’–जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।

सुनिताको नोवेलमा मृत्यु
डेङ्गु सङ्क्रमित अर्जुनधाराकी सुनिता बराल अधिकारीले सुरुमा शनिश्चरेको एक क्लिनिकबाट शरीरको दुखाई कम गर्ने ‘फ्लेक्सन’ नामको औषधि खाएकी थिइन् ।

‘डेङ्गु लागेका बिरामीले सिटामोल बाहेक अरु औषधि खानै हुँदैनथ्यो’, जनस्वास्थ्य कार्यालयका फोकल पर्सन पौडेलले भने–‘उहाँ(सुनिता)ले फ्लेक्सन खाँदा मुटुमा व्लेडिङ भएको देखिन्छ ।’

कात्तिक ५ गते उनलाई विर्तासिटी हस्पिटलमा उपचारका लागि लगिएको थियो । समस्या जटिल बनेका कारण उपचारका लागि उनलाई विराटनगरको नोवेल मेडिकल कलेज पुर्याइएको थियो । कात्तिक ६ गते त्यही उनको मृत्यु भएको थियो ।

उमेशको मृत्यु ‘डेङ्गुले होइन’
डेङ्गुका कारण मृत्यु भएको भनिएको बिर्तामोड–४ विर्ताबजारका ४० वर्षीय उमेश साहको ‘अन्य कारणबाटै मृत्यु’ भएको कार्यालयका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिएका छन् ।
मृतक साह छाती पोलेको भन्दै उपचारका लागि आइतबार बिर्तामोडस्थित बिर्ता हेल्थ क्लिनिकमा आएको क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले बताए ।

‘जाँचपछि ग्यास्ट्रिक भएको पाइयो’, उनले रासससँग भनेका छन्–‘क्लिनिकमा गरेको उपचारले स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि बीएन्डसी लैजान भनेका थियौँ ।’

थप उपचारका लागि बीएन्डसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको मेहेताले बताए । ‘क्लिनिकबाट डेंगुका कारण मृत्यु भएको भनेका छैनौँ’–उनले भने ।

अधिकांश सङ्क्रमित विर्तामोडकै
असोजको पहिलो सातादेखि झापाका विभिन्न क्षेत्रमा डेङ्गुको सङ्क्रमण देखा परेको हो । त्यसमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रमा डेङ्गु रोगी भेटिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, दमक, कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत डेङ्गु देखापरेको छ ।

मङ्गलवारसम्म झापामा ३ सय ४१ जनामा डेङ्गु सङ्क्रमण देखिएकोमा विर्तामोडका मात्र ३ सय विरामी भएको स्रोत व्यक्ति पौडेलले बताए ।

उपचार झापामै सम्भव
डेङ्गु सङ्क्रमितको उपचार स्वदेशमै सम्भव रहेको र त्यसैका लागि विदेश धाइरहनु नपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाई छ ।

डेङ्गु रोगका तीन चरण हुने र पहिलो चरणमा झोल बस्तु प्रशस्त खुवाउँदा रोग निको हुने गर्छ ।
इन्टरनल ब्लिडिङ हुने र प्लेटलेट घट्ने रोगको दोस्रो र तेस्रो स्टेजमा अस्पताल भर्ना गर्नु पर्ने र प्लेटलेट बढाउन आइसीयुमा भर्ना गरेर रगत चढाउनु पर्ने हुन्छ ।

प्लेटलेट चढाउनेसम्मका सबै उपचार विर्तामोडको वीएन्डसी हस्पिटलमा सम्भव रहेको हस्पिटलले बारम्बार सर्वसाधारणलाई सूचित गर्दै आएको छ ।

जिल्ला जनस्वाथ्य कार्यालयका फोकल पर्सन पौडेलले झापाकै सरकारी तथा निजी अस्पतालहरुमा डेङ्गुको उपचार सम्भव रहेको बताए ।

आफ्नो स्वास्थ्य सुरक्षाका लागि भारतको हस्पिटलहरुमा उपचार लागि जानु स्वेच्छिक विषय भएको भन्दै सरकारले डेङ्गुको परीक्षण तोकिएका अस्पताल र स्वास्थ्य केन्द्रमा निःशुल्क रुपमा भइरहेको पौडेल बताउँछन् ।

विर्तामोडको वीएन्डसी हस्पिटलले समेत डेङ्गु लागेका दर्जनौँको सफल उपचार गरेर घर फर्काइसकेको जनाएको छ ।

उच्च सतर्कता अपनाउन अपिल
झापा । झापामा डेँगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सर्वसाधारणमा अपिल गरेको छ ।

झापाका सरकारी तथा निजी अस्पतालमा दैनिक पाँच÷सातजना डेँगु सङ्व्रmमित बिरामी उपचारका लागि भर्ना हुन थालेपछि जनस्वास्थ्य कार्यालयले नियन्त्रणका आवश्यक सबै उपाय अवलम्वन गरिएको भन्दै सजकता अपनाउन अपिल गरेको हो ।

पछिल्लो पाँच दिनमा मात्रै झापाका सरकारी तथा निजी अस्पतालमा डेँगु सङ्क्रमित २० जना बिरामी उपचारका लागि भर्ना भएका छन् । विर्तामोडको बीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डेढ महिनायता अस्पतालमा एक सय २० जना डेँगुका बिरामी भर्ना भएको बताए । तिहारको पछिल्लो चार दिनमा मात्रै १२ जना बिरामी भर्ना भएका छन् ।

‘दैनिक भर्ना हुन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ’, कार्यकारी निर्देशक प्रसाईले भने–‘उपचारका लागि भर्ना भएका अधिकांश डेँगु सङ्व्रmमित बिरामी बिर्तामोड क्षेत्रका छन् ।’ सो अस्पतालमा भर्ना भएकामध्ये ९० जना बिरामी उपचारपछि घर फर्किएका छन् । शनिवारसम्म २५ जना विरामीको उपचार जारी छ । पाँच जना बिरामी अन्यत्रै गएका छन् ।

बिरामीको सङ्ख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् । विर्तामोड नगरपालिका सबैभन्दा बढी प्रभावित देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सरकारी तथा निजी अस्पतालको सूचनाका आधारमा अहिलेसम्म झापामा दुई सय भन्दाबढीमा डेँगुको सङ्क्रमण देखिएको जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले डेँगु सङ्व्रmमितको सङ्ख्या बढ्दै गएपछि तत्काल नियन्त्रण अभियान थालिएको बताए । ‘नियन्त्रणका लागि अभियान सुरु भइसकेको छ,’ पौडेलले भने–‘केही दिनपछि यसको प्रभाव कम हुँदै जाने हाम्रो अनुमान छ ।’
गतवर्ष दमकमा पनि डेँगुको सङ्व्रmमण देखिएको थियो । त्यसबेला त्यहाँका चार सय २० जना स्थानीय पीडित भएका थिए । सन् २०१२ मा पहिलो पटक काँकरभिट्टामा देखिएको डेँगुले दुई जनाको ज्यान गएको थियो । त्यो बेला पनि चार सय १२ जना पीडित भएका थिए ।

एडिज इजिप्टाई जातको लामखुट्टेले टोकेपछि डेँगु सङ्व्रmमण हुने गरेको छ । लामखुट्टेकै सङ्व्रmमण यो फैलिने स्वास्थ्यकर्मी बताउँछन् । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा लामखुट्टेले अण्डा पार्ने गर्छ । विरामीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, आँखाको गेडी दुख्ने, बान्ता हुने, सामान्य ज्वरो आउने र आलस्यता हुने जस्ता लक्षणहरु देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: