डेरामै किशोरी लुटिइन्

  प्रकाशित मिति
१७ श्रावण २०७३, सोमबार २३:१०


rima 3

झापा । साउन ९ गतेको मध्यरात । १४ वर्षीया रीमा (नाम परिवर्तन) डेरामा एक्लै सुतेकी थिइन् । उनका बुबा त्यो दिन डेरामा थिएनन् । साढे ११ बजेतिर ढोकामा ढक्ढक् आवाज आयो । केहीबेर ढोका खोलिनन् । उनको मुटु ढुकढुकियो डरले । घरधनीहरू पो होलान् भनी उनले विस्तारै ढोका खोलिन् । तर ढोकाबाट अधबैँसे छिमेकी काका एक्कासी भित्र पसे र ढोकाको चुकुल बन्द गरे । उम्किन नपाउँदै ती काकाले एक्कासी उनको मुख थुनँे, अनि खुट्टा बाँधे । उनी कराउन सकिनन् । प्रतिकार गर्न खोजिन्, तर जोडबल पुगेन । अन्ततः उनको यौवन लुटियो । पाशविक बलात्कारपछि नरपिशाच घटना कसैलाई सुनाएमा मारिदिने धम्की दिदै रातको २ बजेतिर बाहिरियो ।

झापाको धरमपुरमा भएको बलात्कारको सत्य घटना हो यो । बाराको कलैया घर भएका रीमा र उनका बुवा गाउँघरमा औषधिमूलो बेच्ने गर्थे । उनीहरू धरमपुरको एक घरमा डेरा बस्थे । रीमा बुबालाई खाना पकाउन विगत ७ महिनादेखि बुवासँगै डेरा बस्दै आएकी थिइन् । उनका बुबा घर (बारा) गएका बेला छिमेकी ४१ बर्षीय नेत्रकुमार चेम्जोङबाट उनी बलात्कृत भइन् ।

बलात्कार सम्बन्धी घटना राति नै रीमाले घरधनीलाई सुनाइन् । तर घरधनीले उनलाई उल्टै इज्जत नभएकी भन्दै गाली गरे । तुरुन्त डेरा छाड्न समेत घरधनीले रीमालाई उर्दी गरे । बुवा नभएको बेला घरधनीबाट सहारा पाइएला कि भन्ने उनको आशा निराशामा परिणत भयो । अहिले उनी अर्कै घरमा डेरा सरेकी छन् ।

साउन १३ गते उनका बुबा बाराबाट फर्किए । त्यसपछि उनले बुबालाई सबै कुरा बताइन् । छोरीको कुराले बुबा भावविह्ल भए । उनले हल्ला भएमा छोरीको इज्जत जाने र विरानो जिल्लामा न्याय नपाउने डरले छोरीलाई भोलिपल्टै टिकट काटेर बारामा रहेको आफ्नै घरतिर लैजाने तयारी गरे । तर, उनले मानिन्न् । न्यायको पक्षमा बोल्ने केही छिमेकीकै सल्लाह अनुसार उनीहरू साउन १६ गते झिलझिले इलाका प्रहरी कार्यालयमा जाहेरी दिन पुगे ।

घटनापछि अभियुक्त समाजमा खुलेआम घुमिरहेकै थियो । जाहेरीपछि प्रहरीले चेम्जोङलाई आइतबार पव्रmाउ गर्यो । आइतबारै प्रहरीले अभियुक्त र रीमाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गराएको छ । अभियुक्तलाई झिलझिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त चेम्जोङलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाइने छ । अर्कै जिल्लाको भएका कारण रीमालाई गाउँलेले साथ नदेलान् कि भन्ने सुरुमा शङ्का थियो । तर अब न्यायप्रेमी गाउँलेहरू अभियुक्तलाई कडा कानूनी कार्वाही दिलाउने पक्षमा जुटेका छन् ।
………….
झापामा जबर्जस्तीका घटना बढे
केही वर्ष यता बलात्कारका घटनामा बृद्धि भएको छ । झापामा विगत ३ बर्षमा १ सय ४९ जना महिला तथा बालिका बलात्कारका शिकार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिप्रसाद शर्माका अनुसार २०७०÷०७१ मा ४६ जना, २०७१÷०७२ मा ५२ जना र २०७२÷०७३ मा ५१ जनामा जबरजस्ती भएको छ ।

सोही अवधिमा जबरजस्ती करणी उद्योग सम्बन्धी ७७ घटना भएका छन् । कतिपय बलात्कारका घटनामा नजिकका नातेदार नै अभियुक्त रहेको पाइएको छ भने झड्केलो बावु र छिमेकीबाट यस्ता धेरै अपराध हुने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: