ढकमक्क गुराँश झुलेको चट्टान

  प्रकाशित मिति
७ असार २०७७, आईतवार ०८:५७


विर्तामोड, ७ असार । नेपाल पत्रकार महासंघका पूर्व महासचिव, अनेरास्ववियूका पूर्व अध्यक्ष र कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीको जीवनसाथी लीना भण्डारीले हस्पिटलकै क्याबिनबाट शनिवार एउटा कविता रचना गर्नुभएको छ । पत्रकारिता, राजनीतिक र सांगीतिक जगतका प्रतिभाशाली व्यक्तित्व चन्द्र भण्डारी केही दिन अघि टाउकाको नसामा रगत जमेका कारण शल्यक्रिया गरेर स्वास्थ्योपचारकै क्रममा यतिबेला विर्तामोडको विर्तासिटी हस्पिटलको बेडमा हुनुहुन्छ । हाल सामान्य अवस्थामा फर्किसक्नु भएका भण्डारी एक दुई दिनभित्रै हस्पिटलबाट डिस्चार्ज भएर घर जाने पर्खाइमा हुनुहुन्छ ।  सामाजिक रुपान्तरणका एक जुझारु योद्धा चन्द्र भण्डारीका बारेमा लेखिएको कविता प्रस्तुत छ-

बिगत
२९ बर्षदेखि
म एउटा
चट्टानलाई
सिरानी लगाएर
सुतेकी छु ,
यस्तो चट्टान
जसमा
हरिया झारपातदेखि
अग्ला अग्ला
धुपी सल्ला र
गुराँस ढकमक्क
झुलेको अनुभव गर्छु ।
उसका शरीरबाट
असंख्य नदीनाला र झर्ना
रसाएको देख्छु ।
म त फरक भूगोलको मान्छे
फरक राष्ट्रियता र सार्वभौमिकता
पूजा गर्ने मान्छे,
आज
यही चट्टानको
आश्रयमा बसेकी छु
जहाँ
हजारौं चोट देखेकी छु
आँधी र तुफान अनुभव गरेकी छु
निरन्तर
आशा र बिश्वासको घाम
उघ्राइरहने त्यो चट्टानलाई
विज्ञान र
प्रविधको
सुइराले
कोतरिरहंदा पनि
रगतको भेलसँगै

अर्थात
मेरो लोग्ने
आगो फुक्न
हतारिइरहेको देखेर
म तीन छक्क
परेकी छु ।
मेरो लोग्ने
अर्थात
चन्द्र भण्डारी ।

 

(फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: