तपस्वी वम्जन अचानक काँकरभिट्टामा

  प्रकाशित मिति
९ मंसिर २०७३, बिहीबार १०:४२


bamjan-2मेचीनगर । ‘लिटल बुद्ध’का रुपमा चर्चित तपस्वी रामबहादुर बम्जन मङ्गलवार अचानक झापामा देखा परे ।

अनुयायीको लर्कोसहित मङ्गलवार साँझ काँकरभिट्टामा देखा परेका तपस्वी बम्जन स्थानीय रियाज होटलमा एक रात बास बसी बुधवार दिउँसो इलामतर्फ प्रस्थान गरेका छन् ।

स्रोतका अनुसार काँकरभिट्टामा तपस्वी बम्जन बास बस्न मात्र आएका थिए । नेपालको सम्पूर्ण जिल्ला भ्रमण गर्ने घोषणा गरेका उनी हाल पूर्वको भ्रमणमा छन् ।

सुटुक्क आइपुगेका बम्जनले बुधवार विहान मात्र केही सर्वसाधारणलाई दर्शनभेट दिएका थिए । भेटका अवसरमा गम्भीर देखिएका उनले कसैसँग बातचित भने गरेनन् ।

सेतो पहिरनमा लामो कपालमा देखिएका तपस्वी निकै गम्भीर मुद्रामा देखिएको दर्शनभेट गरेकाहरूले बताएका छन् ।
मङ्गलवार साँझपख होटलमा सहयोगीसाथ बास बस्न आइपुगेका उनी बुधवार विहान १२ बजे मात्र होटल बाहिर निस्किएका थिए ।

तपस्वीका बारेमा जिज्ञासा राख्नेहरूलाई उनका विशेष सहयोगी चार जनाले विभिन्न जानकारी उपलब्ध गराएका थिए ।
सहयोगीहरूका अनुसार तपस्वी सर्वसाधारणहरूसँग मात्र नभएर अरु कसैसँग पनि बोल्दैनन् । सम्भवतः यो उनको तपस्याकै एक अंश हुन सक्ने सहयोगीहरू बताउँछन् । इशाराबाट उनले अनुयायीलाई निर्देशन दिने गरेको बताइन्छ ।

bamjan-1‘टेलिफोनको विल तिर्न जाँदै थिए, रियाजमा तपस्वी आउनु भएको हल्ला सुने पछि म होटलतिरै गए’, दर्शटभेट गरेका तामाङ घेदुङ मेचीनगरका अध्यक्ष च्याङ्वा तामाङले लोकतन्त्रसँग भने–‘लाइनमा बसेर दर्शनभेट गरेँ ।’

दर्शनभेट गर्न दलका स्थानीय केही नेता र प्रहरी पनि पुगेका थिए । तपस्वीका अनुयायीहरूले सकभर उनको आगमनलाई मिडियामा चर्चाको विषय बनाउन नचाहेको एक दर्शनार्थीले भने ।

होटलको तल्लो तलाको मूल गेटमै कुर्सीमा बसेर आधा घण्टा तपस्वीले सर्वसाधारणलाई दर्शनभेट दिएका थिए । छोटो भेटपछि दिउँसो साढे १२ बजेतिर उनी गाडी चढेर होटलबाट बाहिरिएका थिए ।

उनका एक विशेष सहयोगीका अनुसार तपस्वी बुधवार इलाम पुगेका छन् । उनले फिक्कल र पशुपतिनगरको भ्रमण गर्ने र ताप्लेजुङ जाने कार्यक्रम बनाएका छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर ९ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: