तमु ह्युल छोँज धिका पुर्व अध्यक्षको निधन

  प्रकाशित मिति
६ भाद्र २०७७, शनिबार १४:१५


मेचीनगर । तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद् मेचीनगरका पुर्व अध्यक्ष सरमान गुरुङको शनिबार निधन भएको छ ।

मिग्रौला रोगबाट पीडित मेचीनगर–७ स्थित पुरानो भन्सार निवासी गुरुङको ८० वर्षको उमेरमा विहान ११ वजे घरैमा निधन भएको हो ।

भद्रपुर स्थित ओमसाई पाथिभरा अस्पतालमा मिग्रौलाको डायलासिस गरिरहेका गुरुङलाई तीनदिन अघि मात्र घरमा ल्याइएको थियो ।

उनका श्रीमति शोभादेवि गुरुङ तथा ५ जना छोरा–वुहारीहरु सागर–अञ्जु, मिलन–कल्पना, धिरज–शान्ता, रवि–धिरा र विक्रम–पद्मा गुरुङ छन् ।

उनका छोरा सागर गुरुङ लोफोफरस इङलिस् बोडिङ् स्कुलका प्रिन्सिपल, एनप्यावसन झापाका पूर्व कोषाध्यक्ष समेत हुन् ।

उनको आज दिउसो मेचीनगर–६ स्थित मेचीडाडाको घाटमा बौद्व परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: