तरकारीका विरुवा रोपेर पाठशाला सुरु

  प्रकाशित मिति
४ मंसिर २०७६, बुधबार २०:२५


मेचीनगर । मेचीनगरमा तरकारी बालीमा आइपिएम कृषक पाठशाला सुरु भएको छ ।
कृषि ज्ञान केन्द्र झापाले पाइलट प्रोजेक्टका रुपमा मेचीनगर–३ स्थित आइतबारे कृषक समुहसँगको सहकार्यमा पाठशाला सुरु गरेको हो । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिहंले संयुक्तरुपमा विभिन्न जातका तरकारीका विरुवा रोपेर पाठशालाको उद्घाटन गरेका थिए ।

 


स्थानीय रमा भण्डारीको २ कठ्ठा जमिनमा बन्दाकोपी, काउली खुर्सानी लगायतका तरकारी रोपण गरिएको थियो । आइतबारे कृषक समूहका अध्यक्ष तथा अगुवा कृषक प्रधान किसानको सभापतित्वमा भएको उद्घाटन सत्रमा नगर प्रमुख आचार्यले अहिले पनि आम किसानले परम्परागत खेती गर्दै आएको र त्यसमा लाग्ने रोग त्यसको रोकथाम लगायतका विषयमा सामान्य जानकारी लिन नसक्दा ठूलो क्षति व्यहोर्नु परेको बताए ।
नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले पनि नगरका विभिन्न वडामा गम्भीर प्रकृतिका रोग लागेका धेरै मानिस भएकाले हरेकले खानपिनमा ध्यान दिन आग्रह गरिन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिहंले आइपिएम पाठशालाको महत्व र फाइदाका बारेमा चर्चा गरे । उनले पाठशालामार्फत परम्परागत र बैज्ञानिकरुपमा खेती गर्दा तुलनात्मकरुपमा अध्ययन गर्न सकिने भएकाले यहाँ पनि सोही अनुसार खेती गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: