तरकारी फलाउँदै सोभित

  प्रकाशित मिति
११ फाल्गुन २०७२, मंगलवार ०४:५५


tarkari copy

झापा । झापा गरामनी–५ का शोभित तिवारीले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । विदेश जाने सोच बनाएका उनले अन्ततः स्वदेशमै सम्भावना देखेपछि तरकारी खेती सुरु गरेको बताए । तिवारीले करीब डेढ बिघा जग्गामा तरकारी खेती लगाएका छन् । सिजन अनुसारको तरकारी खेतीबाट उनले आम्दानीसमेत लिन थालेका छन् ।

तिन वर्षअघि जग्गामा विभिन्न प्रकारका तरकारी लगाएर वार्षिक २ लाख रुपैयाँ बढी आम्दानी लिन थालेको उनी बताउँछन् । ‘सब्जी खेतीबाट म सन्तुष्ट छु’, २० वर्षे युवा तिवारीले भने, ‘विदेशमा श्रम गर्नु भन्दा आफ्नै देशमा केही गरौँ भनेर तरकारी खेतीमा लागेको हुँ ।’

उनले बन्दा कोपी, काउली, सिमी, फर्सी, काँव्रmा लगायतका तरकारी लगाएका छन् । तरकारीमा अर्गानिक मल प्रयोग गर्ने गरेको उनी सुनाउँछन् । अर्गानिक तरकारीको बजारमा प्रशस्त माग रहेकाले खेतीलाई विस्तार गर्न लागेको उनले सुनाए । उनले उत्पादन गरेको तरकारी चन्द्रगढी बजारमा विव्रmी गर्ने गरेका छन् । सोभितकी आमा कमला तिवारीले उनलाई खेतीमा सघाउने गरेकी छिन् । उनले कृषिमा दिने अनुदान भने अहिलेसम्म लिएका छैनन् ।

जिल्ला कृषि विकास कार्यालयमा अनुदानको लागि प्रव्रिmया अघि बढाए पनि रकम नपाएको उनको गुनासो छ । ‘अनुदानका लागि पटक–पटक कार्यालय धाएँ तर पाउन सकिन’, उनले भने ।

सब्जी खेतीबाट मनग्गे आम्दानी लिन थालेपछि यसैलाई निरन्तरता दिने उनको योजना छ । भविष्यमा खसी–बाख्रा पालन व्यवसाय पनि सुरु गर्ने उनको सोच छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: