तरकारी भन्दै भारतीयको हुल छिरायो भ्यानले

  प्रकाशित मिति
२ बैशाख २०७७, मंगलवार १८:१८


 

मेचीनगर, २ बैशाख । सुरक्षा निकायले भारतीय सिमाक्षेत्रहरुमा सुरक्षा व्यवस्था थप कडा बनाएको बताइरहेका बेला पूर्वी नाका काँकरभिट्टाबाट प्रवेश गरेका १४ जना भारतीय सोमबार राती इनरुवामा पक्राउ परेका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा सोमबार राती प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका गर्ने क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

लकडाउनको उल्लंघन गर्दै राती पुर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरि कोशी व्यारेज तर्फ जाँदै गरेका १४ जना भारतिय नागरिकलाई इनरुवा ३ सखुवागाछीबाट सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

इनरुवा ट्राफिक प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पुष्पक निरौलाका अनुसार सोमबार राती २ बजेको समयमा इटहरी तर्फबाट आएको पिकअप भ्यानलाई चेककजाँच गर्ने क्रममा भ्यानका चालकले भित्र त्रिपालले छोपेर उनीहरुलाई ल्याएका थिए ।

चालकले तरकारी ल्याएको दावी गरे पनि शंका लागि चेंकजाँच गर्दा १४ जना भारतीय फेला परेको निरौंलाले बताए । मोरङ सुन्दर हरैचा नगरपालिका ७ घर भएका सवारी चालक शम्भु विश्वकर्माले ती भारतीय नागरिकहरुले कोशी व्यारेजसम्म जानका लागि पिकअप रिर्जभ गरेकाले आफुले भाडामा ल्याएको दावी गरेको प्रहरी नायव निरीक्षक पुष्पक निरौलाले बताए ।

उनीहरुलाई लिएर आएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कटीङ गरी बिहान ७ बजेर ३० मिनेट पछि पुनः काकरभिट्टा तर्फ फिर्ता पठाईदिएको छ ।

भारतको दरभंगा घर भएको बताउने भारतीय नागरिकहरु भारतमा लकडाउनका कारण सवारीसाधनहरु बन्द भएकाले काकँरभिट्टा नाकाबाट प्रवेश गरेका थिए । उनीहरुले कोशी व्यारेजको बाटोबाट भारत जान हिडेको बताएका थिए ।
(प्रदेश पोर्टलबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: