झापा, १७ कात्तिक । चाडपर्वको समयमा खुल्ला सीमानाको फाइदा उठाउँदै हुन सक्ने अबैध चारी निकासी, पैठारीमा तस्करसँग मिलेमतो गर्ने प्रहरीलाई कडा कारवाही गरिने भएको छ ।
प्रदेश नम्बर १ का प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले मोरङ र झापाका सीमावर्ती प्रहरी यूनिटका प्रमुख तथा सहायकहरुलाई निर्देशन दिँदै प्रहरी आचार संहिता कार्यादेश २०७७ विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही गरिने चेतावनी दिएका हुन् ।
उनले आइतबार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय अनारमनीमा उनीहरुलाई उपस्थित गराई आर्थिक प्रलोभनमा परेर कमजोर कार्य सम्पदान नगर्न आग्रह गरेका छन् ।