तीन तहकै सरकार गर्दैछन्, अब के गर्नुपर्ने छ ?

  प्रकाशित मिति
२६ चैत्र २०७६, बुधबार १९:४२


मदनकुमार खरेल

चीनबाट फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण अहिले विश्व आतंकित भएको छ । वुहानमा गत ८ डिसेम्बरमा पुष्टि भएको कोरोना छोटै समयमा विश्वका दुई सय बढी मुलुकमा फैलिइसकेको छ । यस भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । त्यस्तै तीन लाख एक सय ९८ जना निको भएका छन् । यसको विस्तार एसियाली मुलुकतिर फैलिंदो छ ।

भारतमा मृत्यु हुने र नयाँ संक्रमित हुनेको संख्या पनि लगातार बढिरहेको छ । सोमबारसम्म भारतमा ४ हजार ७ सय ५७ मानिस संक्रमित भएका छन् । सोमबार एकै दिनमा ४७९ मानिसमा संक्रमण पुष्टि भएको छ । नेपालमा हाल ९ जना यस भाइरसबाट संक्रमित भएका छन् । नौ हजार १ सय ६८ जना क्वारेन्टाइनमा छन् र ९५ जना आइसोलेसनमा राखि उपचार भईरहेको छ । मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेन्टाइन केन्द्रको व्यवस्था गरिएको साथै ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार भएको सरकारले जनाएको छ । प्रदेशस्तरबाट प्रदेश सरकारले विभिन्न क्वारेन्टाइन तथा आइसोलेसन वेड तयार गर्ने कार्य तथा राहतका प्याकेजहरु घोषणा गरेको पाइन्छ । यस्ता कार्यक्रमहरु संघ र प्रदेश सरकारको समन्वय तथा सहकार्यमा स्थानीय सरकारले पनि गदै आएको छ ।

केन्द्र सरकारबाट भएका प्रयासहरुः

  • नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित
  • चीनको वुहानबाट नेपालीको उद्धार गरी क्वारेन्टाइन
  • अन अराइभल भिसामा रोक लगाउने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको काम
  • शिक्षा क्षेत्रलाई समय बन्द गर्नका लागि आव्हान तथा निर्देशन
  • कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति लगायतका समिति गटन
  • नेपालभर लकडाउनको घोषणा
  • स्वास्थ्यमन्त्रालयको कोरोना सम्वन्धी छुट्टै वेवसाईट, भाईवर ग्रुप, ई-लर्निङ पोर्टल र मोवाईल एपको निमार्ण
  • स्वास्थ्य आपतकालिन परिचालन केन्द्रलाइ थप प्रभावकारी वनाइएको
  • कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको स्थापना
  • प्रदेशबाट पोलिमरेज चेन रियाक्सन केन्द्रको स्थापना
  • प्रदेश तहमा अत्यावश्यक सामानको प्रवन्ध
  • भारतसँग सीमा जोडिएका ४३ स्थानमा ‘क्वारेन्टाइन’ व्यवस्था
  • विदेशी पर्यटक आउने मुख्य ६ नाका तथा नेपालभारत बीचका ३६ वटा स्थलमार्गका तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने
  • भारतले प्रतिबन्ध लगाएका १३ वटा औषधि फुकुवा गर्न पहल
  • क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क स्थापना

प्रदेश सरकारले कोरोना रोकथामका लागि गरेका प्रयासहरु

  • चेतनामुलक कार्यक्रम संचालन
  • प्रदेश विपद् व्यवस्थापन कोष खडा गर्ने
  • अलपत्र भएकाहरूलाई उद्धार गर्ने
  • प्रदेशस्तरमा सिसिएमसी गठन

स्थानीय सरकारका हाल सम्मका प्रयासहरु

  • चेतनामुलक घरदैलो कार्यक्रम संचालन
  • वडास्तरमा सिसिएमसी गठन
  • तथ्यांक संकलन तथा राहत विवरण
  • घरधुरीको नियमित अनुगमन

उल्लेखित कार्यले मात्र कोरोना भाइरसबाट बच्न र जनतालाई भावनालाई आत्मसाथ गर्न सकिन्न । यसै परिवेशमा रहेर केन्द्र,प्रदेश र स्थानीय सरकारले आफ्ना गतिविधिहरुलाई प्रभावकारी बनाइ आक्रामक कार्ययोजनासहित जनतालाई आश्वस्त बनाउनुपर्ने देखिन्छ । उनीहरुको दैनिक जीवनमा आइपर्ने समस्या तथा राहतका प्याकेजहरुलाई व्यवस्थित गर्न जरुरी देखिन्छ । जनतालाई कठिनाई भएकोवेला जनताको पीरमर्का बुझने समयमा सरकार प्रत्येक घर घरमा पुग्न  स्थानीय तहका जनप्रतिनिधिहरु निरन्तर लागि रहनु पर्छ । स्थानीय,प्रदेश तथा केन्द्रिय सरकारले यस महामारीलाई परास्त पार्न र यसले निम्त्याउने असरलाई आंकलन गरी नीजि क्षेत्र र गैरसरकारी निकायलाई पनि परिचालन गर्न जरुरी देखिन्छ । कोरोना विरुद्धको लडाईमा एकल प्रयासले जित्न सकिदैन यसका लागि सामुहिक प्रयास र आत्मबल  बढाउन जरुरी रहन्छ । स्थानीय,प्रदेश,संघ,गैरसरकारी संस्था र निजी क्षेत्रले आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा चर्चा गरौ ।

केन्द्र सरकारबाट गर्नुपर्ने कार्यहरु

  • कोरोना भाइरसबाट संक्रमितको संख्या र सीमाक्षेत्रका जिल्लाहरुलाई आधार मानि प्रभावित क्षेत्र घोषणा गर्ने
  • प्रदेश र स्थानीय सरकारसंगको समन्वयमा दीर्घकालिन योजना निमार्ण गर्ने
  • प्रभावित क्षेत्रलाई विशेषज्ञ सेवा सहित राहतका विशेष प्याकेजको व्यवस्था गर्ने
  • आवश्यक बजेट तथा विज्ञ समुहलाई परिचालन गरी निरन्तर अनुगमन गर्ने

प्रदेश सरकारबाट गर्नुपर्ने कार्यहरु

  • कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी कार्यविधितयार गर्ने
  • प्रदेश स्तरको योजना निमार्ण गर्दा आफू नै यस महामारीको पीडित भएको महशुस गरी तयार गर्ने
  • हाकिमको शैलीमा अनुगमन तथा मूल्यांकन गर्ने परिपाठीको अन्त्य गदै जनताको सेवकका रुपमा कार्य गर्ने
  • प्रदेशभित्र भएका स्थानीय सरकारले उपलब्ध गराउने राहतलाई एकरुपता कायम गर्न समन्वय गर्ने
  • मानव केन्दित कार्यक्रम संचालनमा सहयोग पुर्याउने
  • प्रदेश तहका जनतामा कोरोनाबाट सिर्जित सोचमा परिवर्तन ल्याउनका लागि विभिन्न प्रचारात्मक कार्यहरु गर्ने
  • कोरोना विरुद्धको युद्धमा आवश्यक सुरक्षाकर्मी परिचालन तथा जनताको सुरक्षामा ध्यान दिने
  • कालोबजारी तथा सिमा क्षेत्र लगायतमा हुने चोरी लुटपाटका घटनालाई नियन्त्रण गर्ने
  • आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद
  • स्थानीय तहमा आवश्यक सामाग्रीको व्यवस्थापन दु्रत ढंगले गर्ने
  • प्रदेशस्तको शैक्षिक गतिविधि तथा बालमनोविज्ञानलाई समेत ध्यान दिई आवश्यक निर्णय गर्नुपर्ने
  • स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुकोसंक्रामक रोग ऐन,२०२० का अधिनमा रहीराजिनामा समेत स्वीकृत नगर्न
  • स्वास्थ्यकर्मी तथा पहिलो घेरामा रहेर काम गर्ने कर्मचारी तथा अन्यको मनोवल उच्च बनाउन उनीहरुसंग नै कार्य गर्न अग्रसरता देखाउने

स्थानीय सरकारबाट गर्नुपर्ने कार्यहरु

  • कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी कार्यविधि बनाई वस्तीस्तरको समिति गठन गर्ने
  • विदेशबाट फर्केका व्यक्तिका तथ्यांक संकलन तथा निगरानी राख्ने सोको लागि संयन्त्र गठन गर्ने ,
  • क्वीक रेस्पन्स टिमको गठन र परिचालन गर्ने ,
  • सीमा नाका र एयरपोर्टमा हेल्थ डेस्कको व्यवस्था गर्ने
  • नाका र एयरपोर्टमा ‘गन फर फिभर अवस्था एकिन गर्ने,
  • स्वास्थ्य साम्रागीको वन्दोवस्थ गर्ने
  • सामाजिक सद्भाव र प्रेमको वातावरणमा सिर्जना गर्ने
  • शासक होइन शासित भएरजनतामाझ आफूलाई प्रस्तुत गर्ने
  • एकद्धार नीतिमार्फत राहत वितरण गर्ने
  • विपद् व्यवस्थापन समितिको वैठक नियमित वस्ने लामो समयसम्मको लागि कार्ययोजना तयार गर्ने
  • विपद् व्यवस्थापनमा क्रियाशील साझेदार संस्थाको परिचालन भए नभएको एकीन गर्ने
  • चेकजाँच गर्ने अस्पताल र ल्याबका लागि आवस्यक पहल गर्ने
  • आइसोलेसन एरिया तोक्ने

तीन तहवीचको समन्वय

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धमा अहिले कसले के गर्ने भन्ने विषयमा अन्यौलता नै छ । तर पनि अहिले तीनै तहका सरकारले काम देखाउने र जनताको मन जित्ने समय पनि हो त्यसैले केन्द्र सरकारले बजेट तथा कार्यक्रम पठाउछ अनि मात्र कार्यान्वय गर्छु भनेर प्रदेश र स्थानीय सरकारले सोच राखेमा संघीयताको मर्म विपरित हुन्छ । तसर्थ केन्द्रको मुख ताक्नुभन्दा स्थानीय स्रोत साधनको अधिकतम उपयोग र परिचालन गर्न जरुरी छ ।

स्थानीय सद्भाव नीजि क्षेत्रका सहकार्यलाई मुख्य प्राथमिकता र हाल संचालनमा रहेका कार्यक्रमहरु तथा बजेटहरुलाई संशोधन तथा रकमान्तर गरेर कोरोना विरुद्धको लडाई लड्न सकिन्छ यसका लागि केवल इच्छाशक्ती केन्द्र सरकारसंगको समन्वय आवश्यक रहन्छ । यता केन्द र प्रदेशसरकारले विदेशबाट आएकाको रेखदेख गर्न मात्रै हैन, संकटमा परेका नागरिकको अवस्थाबारे बुझ्न पनि संघ र प्रदेशले स्थानीय सरकारसँग साझेदारी गर्नुपर्ने अवस्था छ ।

न्यून आय भएका, ज्याला–मजदुरी गरेर खाने मानिसहरू संकटमा रहेको र उनीहरूलाई राहत दिनुपर्ने अवस्था छ । जसका लागि तीनवटा सरकारबीच मात्रै नभएर समाजका सबै पक्षसँग समन्वय हुन जरुरी रहेको छ । अन्त्यमा भावि दिनमा पनि कोरोना जस्ता महामारी तथा विपद आउछ भन्ने हेक्का राख्दै सवै तहका सरकारहरुले विपद जोखिम न्यनिकरणका लागि आवश्यक कार्ययोजना तथा कोषको सुनिश्चिता गर्न जरुरी देखिन्छ नत्र कुनै समस्या आएपछि मात्र कार्यक्रम तथा बजेट निमार्ण गर्ने हाम्रो परम्परागत ढाँचाले यसप्रकारका महामारीलाई नियन्त्रण गर्न संभव हुदैन ।

महामारी तथा प्रकोपले खासगरी गरीब,बालबालिका तथा जेष्ठ नागरिक र रोगीहरुका वढी प्रताडित हुने भएकाले योजना कार्यविधि तथा बजेट विनियोजन गर्दा  सो सम्बन्धमा तीनै तहका सरकारले समताका आधारमा न्यायपूर्ण व्यवहार प्रर्दशन गर्न जरुरी देखिन्छ ।

(उहाँ स्थानीय शासनका क्षेत्रमा काम गर्नुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: