ताप्लेजुङ महिला अन्तिम चारमा

  प्रकाशित मिति
२७ फाल्गुन २०७६, मंगलवार १९:०३


झापा । प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको साविक विजेता कर्णसिं सोनम एफसी ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ एफसीलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो जीतसँगै सेमी समिकरण पूरा भएको छ ।

ताप्लेजुङको जीतमा दुवै गोल सुस्मा खातीले गरेकी हुन् । उनले पहिलो र दोस्रो हाफमा टिमका लागि व्यक्तिगत दुई गोल गरेकी हुन् ।
सुनसरीले दबाब सिर्जना गरिरहेको बेला खेलको ३४औँ मिनेटमा सुष्माले विपक्षी गोलरक्षक विट भएको मौकामा गोल गरेकी हुन् । एक गोलले पछि परेपछि सुनसरीले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि हार टार्न भने सकेन ।
दोस्रो हाफमा आक्रामक खेलेको सुनसरीका लागि खेलको ५३औँ मिनेटमा घातक बन्यो । सुनसरीको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै ताप्लजेङकी सुष्माले दोस्रो गोल गरेकी हुन् ।
खेलको वुमन अफ दी म्याच ताप्लेजुङकी सुष्मा खाती घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।
त्यस्तै, ताप्लेजुङको खेल मन पराएर ढुंगेसाघ निवासी प्रहरी हवल्दार बलबहादुर तामाङले प्रशिक्षक डिकबहादुर सुब्बालाई नगद ५ हजार प्रदान गरे ।
मङ्गलबार कनकाई नगर खेलकुद विकास समिति झापाले लेटाङ फुटबल क्लब मोरङसँग पहिलो सेमिफाइनल खेल्नेछ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।
गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउँनेछ ।
अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।
त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: