ताराको घर बनाउन हङकङको फेसबुकबाट आयो एक लाख

  प्रकाशित मिति
१४ भाद्र २०७७, आईतवार २०:५२


झापा, १४ भदौ । खान पुगोस्, दिन पुगोस् । साझा पार्टी खोलेर अध्यक्ष बनेका पूर्व पत्रकार रविन्द्र मिश्र बारम्बार आह्वान गर्थे । नेपालीहरु देशभित्र हुन् वा विदेशमा बसुन्, दुःखी र गरीवलाई सहयोग गर्न पछि हट्दैनन् ।

त्यस्तै मनकारी दाताहरु हङकङमा भेटिएका छन् । जसले झापाको कनकाई बाढीले घरबार उजाडिएकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि एक लाख रुपैयाँ पठाएका छन् ।

हङकङ नेप्लिज मोवाइल फोटोग्राफी (फेसबुक ग्रुप)बाट नारी सञ्चार गृह झापाकी सदस्य एवम् पत्रकार भूमिका सुब्बामार्फत पठाइएको सो सहयोग आइतवार मेची अभियानलाई हस्तान्तरण गरिएको छ ।

पत्रकार सुब्बाले नै अभियानका संयोजक बिजय डालमियालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् ।

बाढीबाट विस्थापित शेर्माका लागि मेची अभियानले शिवसताक्षी नगरपालिकाले उपलब्ध गराएको जग्गामा पक्की घर निर्माणको शुभारम्भ गरिसकेको छ ।

पत्रकार सुब्बाले आफु हङकङमा रहेको फोटोग्राफीको फेसबुक पेजमा कहिलकाहिँ फोटो पोस्ट गर्दै आएको र एक दिन तारा शेर्माको नाजुक अवस्थाको फोटो पोस्ट गरेपछि हङकङ नेप्लिज मोवाइल फोटोग्राफीका सञ्चालकहरुले सहयोग पठाएको बताइन् ।

मेचीनगरको इटाभट्टामा आइतवार आयोजित कार्यक्रममा सेतोपत्र अनलाइनको शुभारम्भ कार्यक्रमका अवसरमा सो सहयोग हस्तान्तरण गरिएको थियो ।

त्यहाँ मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, ताराको दयनीय अवस्थाका बारेमा अन्नपूर्णपोस्ट दैनिकमा पहिलोपटक समाचार लेख्ने पत्रकार राधा खनाललगायत व्यवसायी, पत्रकार, समाजसेवीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: