चारआली । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था दुवागढीको आयोजनामा विहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा २ महिलासहित ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा कालिबहादुर गणका उपसेसानी कृष्णचन्द्र पौडेलले पनि रक्तदान गरेका थिए ।
संस्थाका अध्यक्ष लिलाप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडव्रmस सोसाइटी झापाका सभापति लोकराज ढकाल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा संस्थाका सञ्चालक समिती सदस्य प्रकाश चापागाई नेपाल तरुण दल जिल्ला कार्य समिति सदस्यमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो ।
संस्थाका व्यवस्थापक मोहन अधिकारीले रक्तदान गर्नुको औतित्यसहित प्रकाश पारेको कार्यव्रmममा सचिव विष्णु रिमालले सञ्चालन गरेका थिए ।