तारा एयरको जहाज सम्पर्कविहीन

  प्रकाशित मिति
१२ फाल्गुन २०७२, बुधबार ०४:२७


air-india-300x167

पोखरा। पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

बुधबार बिहान ७ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको सो जहाज केही समयपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन कार्यालय, पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

९ एनएएचएच नंको सो जहाजमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीन जना रहेको उनले जानकारी दिए । उनका अनुसार जहाजको खोजी भइरहेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार जहाज म्याग्दीको कुनै स्थानमा दुर्धटनामा परेको हुनसक्ने संभावनालाई दृष्टिगत गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: