तार छ, बत्ती बल्दैन

  प्रकाशित मिति
२२ कार्तिक २०७३, सोमबार १२:५७


lod
मेचीनगर । विद्धुत प्राधिकरणले मिटर उपलब्ध नगराउँदा मेचीनगर–८ माङहिम टोलका एक दर्जन घर परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्राधिकरणको धुलाबारी शाखामा विजुलीको मिटरका लागि माग गरे पनि प्राधिकरणले मिटर उपलब्ध नगराएपछि उनीहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

‘घर अगाडि बिजुलीको तार छ तर, बत्ती बाल्न पाइदैन’ स्थानीय अमृत लावतीले भने–‘मिटरका लागि पहिले नै आवेदन भरेको भए पनि हामी अँध्यारोमै रात काट्न बाध्य भएका छौँ । यदि प्राधिकरणले मिटर उपलब्ध गराउन सक्दैन भने हामीले हुकिङ लगाएर विजुली बाल्नुको विकल्प छैन ।’

दसैँ, तिहार तथा छठ पर्व जस्ता महत्वपूर्ण चाडमा पनि सिङ्गो गाउँ नै अन्धकार बनेको थियो । उनीहरू, कुपी, मैनबत्ती तथा दियो बालेर बस्न बाध्य भएका छन् ।

अन्धकारको प्रत्यक्ष असर विद्यार्थीहरूमा पर्ने गरेको छ । घरमा बत्ती नभएपछि साँझ पर्नसाथ विद्यार्थीहरूले किताब बन्द गर्नु पर्ने हुन्छ । ‘अरु बेला त जसोतसो चल्छ, तर परीक्षाका समयमा भने जसो गरेर पढ्न पाइँदैन’ बालकल्याण माविकी विद्यार्थी मिक्सेन लावतीले भनिन्–‘घरमा बत्ती नभएपछि पढाइमा ठूलो असर पर्दाे रहेछ । बिहान बेलुका घरको काममा ठिक हुन्छ, दिउँसो विद्यालय जानु पर्छ, साँझ परेपछि अन्धकार हुन्छ, हामीले कतिबेला पढ्ने ?’

आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको यस टोलमा प्रायः आर्थिक अवस्था कमजोर भएका मानिसहरूको बसोबास रहेको छ । यस टोलका अमृत लावती, तिलकचन लिम्बू, विव्रmम लावती, प्रकाश लावती, कृष्णबहादुर लावती, केबी नेम्वाङ, मनिकुमार लावती, प्रभा लावती, पङ्कज सम्बाहाम्फेलगायत १ दर्जन भन्दा बढीको घरमा विजुली छैन । सिङ्गो गाउँमा नै मिटर नभएपछि साँझपख केही स्थानीयले हुकिङ प्रयोग गरी विजुली बाल्ने गरेका छन् ।

२०७२ को बैशाखमा धुलावारी शाखामा मिटरका लागि आवेदन दिएका तिलकचन लिम्बूले पनि अहिलेसम्म मिटर पाउन सकेका छैनन् । ‘२० महिना बित्दा पनि मिटर छैन’ लिम्बूले भने–‘कि हामीले मिटर पाउनु प¥यो, कि मेन लाइनमा हुकिङ लगाएर विजुली बाल्न पाउनु प¥यो । के हामी सधैँ अन्धकारमा बस्ने ?’

भद्रपुर प्राधिकरणले भने सीमित मिटर भएका कारण ग्राहकलाई समयमा उपलब्ध गराउन नसकेको जनाएको छ । ‘भद्रपुर शाखाबाट २०७२ असारसम्मको आवेदन भरेका ग्राहकलाई मात्र मिटर उपलब्ध गराउन सुरु गरिएको प्राधिकरण भद्रपुरका प्रमुख रोशन खड्काले बताए ।
‘हामी पनि बाध्य भएर मिटर दिन सकेका छैनौँ’ प्रमुख खड्काले भने–‘अहिलेसम्म ९ हजार भन्दा धेरैै ग्राहकले मिटरका लागि आवेदन दिनु भएको छ । त्यसमा हामीले प्रत्येक महिना ४ सयको हाराहारीमा वितरण गर्दै आएका छौँ । तर, माथिबाटै ५ लाख मिटरका लागि टेन्डर परिसकेको छ । त्यसले गर्दा अबको ५ महिनाभित्रमा मिटरको समस्या हल हुने कुरामा म विश्वास दिलाउँछु ।’ ग्राहकको सङ्ख्या बढी र मिटर अभाव भएपछि ग्राहकले समयमा मिटर पाउन नसकेकेको प्राधिकरण मिटर वितरण शाखाका कुमार बानियाँले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: