तालिम सम्पन्न

  प्रकाशित मिति
१२ बैशाख २०७५, बुधबार १७:५६


मेचीनगर । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका परामर्श केन्द्र मेचीनगरले आयोजना गरेको पाँच दिने उद्घोषण तथा महिला अभिवृद्धि तालिम बुधवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बीना तामाङको सभापतित्व तथा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यव्रmममा महिला जनचेतना केन्द्रकी अध्यक्ष राधा प्रधान कार्की, महिला नेतृ रचना घिमिरे तथा प्रशिक्षार्थीका तर्फबाट सुनिता भेटवाल, भीमा गिरी, अञ्जु खरेल, विमला तामाङलगायतले बोलेका थिए ।

मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, सञ्चारकर्मी सरोज पौडेल, ज्ञानेन्द्र निरौला लगायतले सहभागीलाई तालिम दिएका थिए ।

काँकरभिट्टाको महेन्द्रद्वार सहकारी संस्थाको सभाहलमा सम्पन्न समारोहको सञ्चालन सचिव चन्दा राई, उपाध्यक्ष बिटु गुरुङले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: