तास र नगदसहित ५ जना भुटानी शरणार्थी पक्राउ

  प्रकाशित मिति
२८ भाद्र २०७७, आईतवार ११:०१


मेचीनगर, २८ भदौ । बेलडाँगी शिविरका पाँच जना भुटानी शरणार्थीहरुलाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

दमक–३ स्थित बेलडागी शिविर हट न.२४५ सेक्टर न.ए फोरका मनु गुरुङको खाली घरमा तास खेलिरहेका ५ जना शरणार्थीहरुलाई शनिबार दिउसो १ लाख ५७ हजार रुपैयाँसहित इलानका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सेक्टर न.ए फोर हर्ट न.२३२ बस्ने बर्ष ३८ को प्रकाश राई, सेक्टर न.वि थ्री, हर्ट न.३०५ बस्ने बर्ष ३६ को नरेश दाहाल, सेक्टर न.वि फोर, हर्ट न.३६६ बस्ने बर्ष ३६ को कुमार तामाङ, सेक्टर न.ईटु हर्ट न.१०५ बस्ने बर्ष बिर्खमान राई र सेक्टर न.विटु हर्ट न.१९८ बस्ने बर्ष २४ शन्तबीर तामाङ छन् ।

उक्त सेक्टरका घरधनि गुरुङ काठमाडौँ बस्दै आएकोले खाली रहेको घरलाई उनीहरुले जुवाखाल बनाएको सूचना आएकोले तास र नगदसहित पाचै जनालाइृ पक्राउ गरि कानुनी कारवाही चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: