तिमी कस्तो मान्छे ?

  प्रकाशित मिति
१८ आश्विन २०७५, बिहीबार ०७:४१


शुभ बिहानीको सूर्यको मिर्मिरे किरणले दिनलाई शुभ दिन भनिरहेको छ । एउटा देश र समाजप्रति चिन्तित त्यो मान्छे यस्तो मान्छेको खोजी गरिरहेको छ, जो आप्mनो कमजोरी देख्न सक्छ । तर, उसलाई द्विविधा छ किनकि यहाँ त त्यो मान्छे मात्र छ, जो आफु उफ्री उफ्री गल्ती गर्छ र त्यो गल्तीको दोष थुपार्ने अर्काे पात्र तयार गरिरहन्छ । अनि ऊ सम्झन्छ, मेरो पनि मानवीय गुणभित्र यो गुण छ ताकि मैले काम बिगारेपछि अर्काे पात्र हायर गरेर गल्ती सम्हाल्न वा जिम्मा लिन तयार होस् !

सूर्यमात्र यस्तो वस्तु हो जो बिहान उदाउँदा पनि रातो डल्लोबाट सुरु गर्छ र पुनः अस्ताउँदा बिहानकै जस्तो रातो डल्लैमा अस्ताउँछ । न ऊ कसैलाई पर्खनेवाला छ न कसैलाई आफ्नो काम दिनेवाला छ । सूर्यको सामान्य गुण पनि अधिकांश मान्छेले अपनाउँदैन ।

मान्छे त सकुन्जेल उचित बहस गर्छ, नसकेपछि आफु कुन विषयको बहसमा हाजिर थिएँ त्यो पनि बिर्सन्छ । अनि नानाथरिका आफ्नो कुरा, शब्द जोड्ने प्रयत्न गर्छ र विषयवस्तुबाट टाढा जान्छ । उसको विषयान्तर भइसकेको हुनाले लय पक्रन सक्दैन र अन्तिम अस्त्र आप्mनो बल, शक्ति, सम्पत्ति, उसले पाएको अर्को प्राकृतिक शक्ति ठूलो स्वरमा कराएर आफूलाई अगाडि बढाउन खोज्छ । यो प्रकृति नै द्वन्द्ववादी छ, मानिस मानिस भित्रको चिन्तनको एकताको कल्पना नगरिए पनि न्युनतम मानवीय स्वार्थमा आफुलाई एक ठाउँमा राखिरहनु अत्यावश्यक अस्त्र हो ।

विगत लामो समयदेखि विद्यालय पाठ्यक्रममा नैतिक शिक्षा समावेश गरिएको छ । यसबाट विद्यालय गएका र जाँदै गरेका धेरै नेपालीहरु नैतिकवान हुनुपर्ने हो तर यो विषयको यथेस्ट प्रभाव नपरेर हो या सबैजना नैतिकताको कडीबाट अगाडि बढी सकेर हो, गाउँठाउँमा नैतिकताको खडेरी परेको आभाष हुन्छ ।

मैले त सधैँ पनि भन्ने गरेको छु, मौका मिल्यो भने दोहो¥याउन पनि पछि पर्दिन, कसैको गलत कार्यकोे यति विरोध गर कि ऊ गलत हो भन्ने प्रमाणित गर या म गलत रहेछु भनेर अनुभूति गर । यदि आफु गलत रहेछु भन्ने अनुभूति भएमा उसलाई गुरु मान, आफसेआफ परिवर्तित समाज पाउने छौ । तिमीले आफु परिवर्तनशील प्रकृतिमा मेरो जन्म भएको छ भन्ने बुभ्mनुपर्छ । यहाँ ३६५ दिनमा कुनै दिन न तापमानमा एकरुपता पाउने छौ । न सूर्य उदाउने र अस्ताउने समयमा एकरुपता पाउने छौ । प्रकृतिलाई नियाल तिमी र तिम्रो विज्ञान आज सम्म प्रकृतिको पछिपछि दौडिरहेको छ भने तिम्रो घमण्ड केका लागि ! त्यो मात्र पूर्ण मानव हो, जसले अरुलाई हैन पहिला आफुलाई अनुभूति गर्न सक्छ, आफुलाई अनुभूति गरे पश्चात मात्र स्वस्थ प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाको स्वस्थताले नयाँ कुराको खोज गर्छ, नयाँ खोज व्यक्तिबाट हुन्छ र समाज हँुदै देश र विश्वलाई हस्तान्तरण गर्छ अनि आफू जन्मनुको अमिट प्रमाण दर्ज गर्दछ ।

मान्छे कोही पनि फलानो जस्तो बन्नु पर्दैन । कम्तिमा आफु जस्तो त बन, तिम्रो हातकोे औँठाछाप त विश्वका कुनै मानिससँग मिल्दैन भने तिमी किन अर्काे जस्तो बन्ने होडमा आपूm बन्न भुलिरहन्छौ । आफु भित्र रहेको शक्तिलाई पैदा गराउने प्रयत्न गर । सरदर मानव शरीरको मष्तिस्कले २.५% मात्र काम गर्छ रे अनि भएको २.५% मस्तिष्क पनि अरुको पछि लागेर बितायौ भने तिम्रो हालत के होला ? विश्वका महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनको त ११% देखि १२% मात्र मष्तिस्कले काम गरेको थियो रे ।

कम्तिमा आफ्नो मष्तिस्कका ढोका अलिकति खोल्ने प्रयत्न गर । समस्यासँग नडराउ । सरल हिसाबले हल गर्ने बाटो खोज । २.५% भन्दा माथिको मष्तिस्कको प्रयोगमा कन्जुस्याइँ नगर । न त यो मष्तिस्क दान गर्न मिल्छ न अर्काले प्रयोग गर्न सक्छ । त्यो तिम्रो ताला हो चाबी, मिलाई मिलाई खोल । कहाँ–कहाँ कुन–कुन कोठामा प्रवेश गर्नुछ गर । त्यो तिमी भन्दा अरुले गर्न सक्दैन ।

समस्यासँग डराएर केही हुन्न । या त हल भएर जान्छ या त केही सिकाएर जान्छ । तर, समस्याको कल्पना गर्नुभएन भने तपार्इंको जीवन सडकमा त्यसै छोडेको छाडा चौपाया झैँ भएर बित्छ । भोगाइ त एउटा गज्जबको उपन्यास रहेछ । कम्तिमा आफुलाई पढ्ने फुर्सद भएन भने अरुले त पढ्छन् । त्यसैले लेख्न चाहिँ लेख । आकाशबाट परेको पानी त धमिलिएको देख्न सकिन्छ भने तिम्रो जीवन सधैँ सफा नबन्न सक्छ तर जस्तो हुन्छ सामान्यीकरण गर्ने प्रयत्न गर ।

समुद्रमा भन्दा जहाज त समुद्रको किनारमै सुरक्षित थियो नि, आकाशमा उड्दा भन्दा हवाइजहाज त धावन मार्गमै सुरक्षित थियो नि । तर, के गर्ने समुद्री जहाजको अस्तित्व त्यो समुद्र भित्र मात्र हुन्छ भने हवाइजहाजको अस्तित्व पनि आकाशमा उड्दा मात्र हुन्छ, तिमी त मान्छे हौ । तिम्रो अस्तित्व द्वन्द्ववादी प्रकृति भित्र शान्त भएर बस्दा कदापि छैन ।
गल्ती गरेर सच्चिनेहरु मात्र आज संसारमा अस्तित्व जोगाउन सफल भएका छन् र म त भन्छु सकेसम्म गलतै नगर । यदि तिमीले गरेको कामको असर गलत भयो भने पनि तिम्रो नियत चाहिँ राम्रो गर्ने हुनुपर्छ । समयले सबै कुरा मिलाएर लानेछ । समयभन्दा अघि र भाग्य भन्दा बढी कसैले केही प्राप्त गर्दैन भनेको सुन्दा गज्जब लाग्छ । समय र भाग्यको मिलन बिन्दुको खोजीमा निरन्तर सही र असल कार्य गर्नु नै श्रेयस्कर ठहर्छ ।

बाहुनडाँगी, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: