तिरासी वर्षमा पनि तन्नेरी जत्तिकै क्रियाशील रेग्मी

  प्रकाशित मिति
७ मंसिर २०७६, शनिबार १६:१८


२८ औं कृति ‘सखारै सखारै’ लोकार्पण

मेचीनगर । तिरासी वर्षीय अग्रज साहित्यकार चुडामणि रेग्मी यति पाको उमेरमा पनि साहित्य सिर्जनामा तन्नेरी जत्तिकै क्रियाशील छन् भन्ने सावित गर्ने उनको २८ औं कृति ‘सखारै सखारै’ शनिवार लोकार्पण भएको छ । यो कृति निबन्ध संग्रह हो ।

काँकरभिट्टाको भानु साहित्य प्रतिष्ठानले कृतिको प्रकाशन गरेको हो भने साहित्यकारहरु कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँलगायतले कृतिको संयुक्त विमोचन गरेका थिए ।

भानु प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती अध्यक्ष रहेको विमोचन कार्यक्रममा प्रमुख अतिथि कोमलप्रसाद पोखरेल, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, हरिनारायण भट्टराई, केशव आचार्य, पत्रकार चन्द्र भण्डारीलगायतले मन्तब्य व्यक्त गर्दै साहित्यकर्मीलाई सिर्जना कर्ममा निरन्तर लाग्न प्रेरणा दिने झर्रोवादी अभियन्ता रेग्मी नेपाली साहित्य जगतको अनुमप सम्पत्ति भएको बताएका थिए ।

वि.सं. २०१२ सालदेखि साहित्यिक यात्रामा लागेका झापाको भद्रपुर निवासी रेग्मी अहिले ८३ बर्षका छन् । उनका कविता र काव्य दुईवटा, कथा सङ्ग्रह तीन वटा, निबन्ध संग्रह आठवटा, हाँस्य व्यङ्ग्य दुई वटा, समालोचना छ वटा, भाषा व्याकरणलगायत अढाई दर्जन कृति प्रकाशन भइसकेका छन् ।

रेग्मीलाई नेपाली भाषाको झर्रोवादी अभियन्ताको रुपमा समेत चिनिन्छ । वृद्ध अवस्थामा साहित्य साधनामा क्रियाशील रेग्मीले आफूले देखे भोगेका कुराहरुलाई समेटेर नयाँ निबन्ध संग्रह निकालेको डा. ठाकुरप्रसाद पोखरेलले समीक्षाका क्रममा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: