तीजको नयाँ युग

  प्रकाशित मिति
१८ भाद्र २०७३, शनिबार ०९:२३


gyanendraji
ज्ञानेन्द्र निरौला

आज हरितालिका तीजको दर खाने दिन । महिलाहरुका लागि बिशेष मानिएको यो पर्वले थुप्रै उतार चढावका बिच पनि बर्तमान अवस्थामा आएर फराकिलो बन्दै गएको छ । नेपाली चार्डपर्वहरुको सबै भन्दा फष्टाउँदो पर्वका रुपमा तीजलाई लिन सकिन्छ । बिरोधीहरुले तीजको फष्टाउँदो स्वरुपलाई बिकृतिको संज्ञा पनि दिएका छन । तर तीजले बिभिन्न काल खण्डमा फरक फरक रुप धारण गरेको छ ।

परम्परागत रुपमा साना उमेरमा नै महिलाहरुको विवाह हुने र माईतीले तीजको बेलामा दर खुवाउने चलन थियो । जती बेला बुहारीले पेट भरी खान नपाउने र मज्जाले हाँसेर बोल्न सम्म नपाउने सामाजिक परिवेश थियो त्यति बेला तीजमा माइत गएर पेट भरी खानु र साथीसंगीसंग रमाईलो गर्नु र त्यसको भोलिपल्ट निराहार ब्रत बस्नु नै तीजको खास अर्थ हुन्थ्यो ।

समय परिवर्तनसँगै तीज त्यो कालखण्डबाट निस्किएर हरितालिका ब्रत भन्दा केही समय पहिलैदेखि नै बिभिन्न समुहले सामुहिक दर खाने र नाचगान गर्नेमा तीज बढी केन्द्रीत भयो । यो कालखण्डमा तीज बढी नै आलोचित बन्न पनि पुग्यो । जतिबेला तीजलाई नाचगान, गरगहना, दरखानेमा मात्र सिमित गरियो र त्यसलाई आयोजन गर्ने स्थान होलट र रेष्टिुराहरु बन्दै गए त्यो बेला तीज बिकृति तिर उन्मुख भएको हो कि भन्ने भान पनि हुन थालेको थियो । खास गरी तीजको मुख्य आकर्षण मानिएका तीजका गीत संगीत अलि सामाजिक रुपमा अपाच्य हुने खालका आउन थालेबाट पनि तीज प्रति ठुलो समुदाय टाढीने खतरा बढेर गयो ।

तर तीजले यी दुई वटा काल खण्ड पार गरेर आजका दिनमा आईपुग्दा नयाँ युगमा प्रवेश गरेको छ । अहिले तीज मनाउँने तौर तरिका फेरिएको छ । तीजले नेपाली समाजमा आशा जगाएको छ । तीज सामाजिक सद्भावमयी बन्न थालेको छ । यसै बर्षको तीजका कार्यक्रमहरुलाई हेर्ने हो भने पनि तीज सबैका लागी सहयोगी बन्न थालेको पुष्टि हुन्छ ।

विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै मेचीनगर–६ का महिलाहरु ।

झापाका बिभिन्न ठाउँहरुमा मनाईएका तीजहरु फगत रमाईलोका लागी र भड्कीलो मात्र हुन छोडेका छन । त्यसको उद्हरणका लागी झापा मेचीनगर–६ का महिलाहरुले समाजका अति बिपन्न परिवारका मानिसलाई दैनिक उपभोग्य खाद्यान्न बितरण गरेर तीज मनाए । त्यस्तै मेचीनगर कै समाज सुधार महिला समुहले तीजको रमाईलोमा कहिले पनि सामेल हुन नसकेको सिमान्तकृत समुहमा पर्ने किसान जातिका महिलाहरुलाई दर खुवाएर पनि तीज मनाएका छन् । त्यसो त मेचीनगर लेडी जेसीजले झापा जिल्ला कारागारमा बन्दी जीवन बिताईरहेका महिला तथा वालवालिकाहरुलाई दर खुवाएर पनि तीज मनाएको छ ।

यी र यस्ता तीजका कार्यक्रमले यो समाजमा नयाँ आशा जगाएको छ । तीजमा आएको यो परिवर्तन रातारात आएको भने होइन । यसका लागि थुप्रै संघर्षका दिनहरु नेपाली समाजले पछि छोडेर आएको छ । नेपाली महिलाहरुमा आएको जनचेतना र शैक्षिक स्थितिको सुधारले पनि यो दिनका लागी सहायक बनेको छ । केही समय अघि सम्म महिलाहरुले तीजमा रमाईलो गर्दै गर्दा अलि पर बसेर पोथी बासेको राम्रो देिखएन भनेर महिलाहरुलाई होच्याउने पुरुष समाज अहिले महिलाको काँधमा काँध मिलाएर तीजका कार्यक्रमको संयोजनकारी भुमिकामा अग्रपंक्तिमा देखिन थालेका छन । यसले पनि समाज सकारात्मकता तर्फ उन्मुख भइरहेको बुझ्न सकिन्छ ।

वास्तवमा तीज बर्तमानका सबै चाडहरुको माउ चार्ड बन्न तर्फ अगाडि बढिरहेको छ । यस्तो बेला पहुँच नपुगेका ठाउँमा समेत पुगेर महिला सशक्तिकरण र महिला अधिकारका बिषयलाई समेत तीज कै कार्यक्रम मार्फत अगाडि ल्याउने हो भने महिलाहरुको सबलताका लागि यो स्वर्णिम समय बन्ने निश्चित छ । त्यसैले तीजको यो नयाँ युगलाई सहज स्वीकार गरी त्यसको शक्तिलाई बुझेर रचनात्मक र सकारात्मक बिषय सहितको तीज मनाउन थप हौसला प्रदान गर्न सम्पुर्ण नेपाली समाज क्रियाशील बन्ने हो भने नेपाली धर्ति थप दर्बिलो र भरोशा योग्य बन्ने मात्र होइन नेपाली समाजको कुरीति रुपी जालो भत्काएर समाज रुपान्तरणमा कायापलट हुने गरीको नतिजा आउने निश्चित छ ।

????????????????????????????????????????????????????????????
????????????????????????????????????????????????????????????

gyanendraji(२०७३ भदौ १८ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: