तीज गुञ्जाउन कविता दुवइतिर

  प्रकाशित मिति
८ भाद्र २०७३, बुधबार ०८:४६


kabita
गायिका कविता

झापा । झापाली समाज युएइले यही भदौ १७ गते नेपाली चर्चित गायक गायिकाको सहभागितामा तीज विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएइ)मा रोजगारी तथा अन्य विभिन्न काम विशेषले बस्दै आएका झापालीको साझा संस्थाको रुपमा समाजको स्थापना भएको हो ।

झापा जिल्ला प्रशासनमा हालै दर्ता भइसकेपछि समाजले पहिलोपल्ट युएइमा वृहत कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष मोहन शिवाकोटीले बताए ।

उनका अनुसार तीज पर्वलाई लक्षित गर्दै ‘पतिदेव’ नामको म्युजिक भिडियो सार्वजनिक गरेकी झापाली गायिका कविता बिमली शिवाकोटी कार्यक्रमको मुख्य आकर्षण रहने भएकी छन् ।

युटुव लगायतका सामाजिक सञ्जालहरूमा कविताको ‘पतिदेव’ एल्वम हिट भएपछि उनको प्रस्तुति हेर्न युएइमा रहेका नेपालीहरू आतुर रहेको समाजका अध्यक्ष शिवाकोटी बताउँछन् ।

दुवइको देरास्थित काल्टन टावरमा आयोजना हुने वृहत तीज विशेष कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि लगायतका विशिष्ट पाहुना समेत उपस्थित हुने बताइएको छ ।

सो कार्यक्रमा गीत गाउनका लागि नेपालबाट टङ्क बुढाथोकी, तारावीर पाण्डे लगायतका कलाकार जाने भएका छन् । हाल दुवइमै रहेका रुन्चे गायक प्रकाश पौडेल, पारस लामा लगायत समाजका स्थानीय कलाकारले समेत कार्यक्रममा प्रस्तुति दिने भएका छन् ।

समाजले कार्यक्रमबाट सङ्कलित हुने रकम झापामा रहेका अनाथ वालवालिकाको सहयोगार्थ स्थापना हुने अक्षय कोषमा जम्मा गरिने भएको छ । समाजले सो कोषको राशी १० लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

गायिका कविता विमली शिवाकोटीले दुवईमा गएर तीजका गीत पस्किने बताएकी छन् ।
‘समाजको अक्षय कोष स्थापनाको लक्ष्य राखेर निमन्त्रणा गर्नु भएको हुँदा दुवइ जाँदैछु’, गायिका शिवाकोटी भन्छिन्–‘उहाँहरूको अपेक्षा बमोजिम तीजका गीतहरू गुञ्जाउने छु ।’

‘पतिदेव’ म्युजिक भिडियोमा रहेको ‘पतिदेव हजुरले भनेको सबै कुरा मान्छु, तर आज जे भने नि माइत जान्छु जान्छु’ भन्ने गीत अत्यधिक लोकप्रिय रहेको छ ।

(२०७३ भदौ ८ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: