नगर पिताहरुले भने–‘डम्पिङसाइट खोज्छौँ’

  प्रकाशित मिति
१७ भाद्र २०७३, शुक्रबार ०९:३७


btm fohorविर्तामोड । विर्तामोड, कनकाई र शनिअर्जुन नगरपालिकाका कार्यकारी अधिकृतले विहीवार एउटै मञ्चबाट फोहोरमैला व्यवस्थापनका लागि साझा डम्पिङ साइट खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगर क्षेत्रमा सङ्कलन हुने फोहोरमैला कहाँ फ्याक्ने भन्ने समस्याले पिरोलिरहेका बेला झापाका तीन नगरका कार्यकारी अधिकृतले व्यक्त गरेको साझा प्रतिबद्धतालाई महत्वका साथ हेरिएको छ ।

झापाको मुख्य सहर विर्तामोडमा फोहोरमैलाको समस्या विकराल बन्दै गएपछि पत्रकारहरूको सङ्गठन प्रेस चौतारीले तीन वटै नगरका कार्यकारी अधिकृतलाई एउटै मञ्चमा उभ्याएर दीर्घकालीन समाधान खोज्न आग्रह गर्दै अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको हो ।

कार्यकारी अधिकृतहरू रविन्द्र वस्ती (विर्तामोड), खगेन्द्र गिरी (कनकाई) र रुद्रप्रसाद न्यौपाने (शनिअर्जुन)ले आफ्नो मन्तब्यको क्रममा साझा योजना र सहकार्य गरेर तीन वटै नगरको फोहोरमैलालाई एउटै डम्पिङ साइटमा व्यवस्थापन गर्नका लागि गृहकार्य अघि बढाइने बताए ।

विर्तामोडका कार्यकारी अधिकृत वस्तीले खुदुनावारीको दहीझोडामा प्रस्तावित डम्पिङ साइट समाधानको सबैभन्दा उपयुक्त विकल्प हुने सुझाएका छन् ।

तीन नगरविच सहकार्य नभए एक्लै भए पनि डम्पिङ साइटको व्यवस्थापनमा आफुहरू जुट्न सक्षम रहेको शनिअर्जुन नगरका कार्यकारी अधिकृत रुद्रप्रसाद न्यौपानेले उद्घोष गरेका छन् ।

कनकाईका कार्यकारी अधिकृत गिरीले अबको १० वर्षसम्म कुनै समस्या नहुने गरी कनकाईले अस्थायी डम्पिङ साइटको प्रबन्ध गरिसकेको जनाउँदै दीर्घकालीन समाधानका लागि अरु नगरहरूसँग मिलेर अघि बढ्न तयार रहेको बताए ।

हिकोला हेरिटेज होटलमा भएको सरोकारवालाहरूको उक्त अन्तरसंवाद कार्यक्रममा विर्तामोड र कनकाई नगरका उद्योग वाणिज्य सङ्घका अध्यक्षद्वय बलराम कार्की र कुमारमणि पोखरेलले फोहोरमैलाको समस्या समाधानका लागि ठोस पहल गर्नु नगरपालिकाको दायित्व भएको सम्झाउँदै सफा र स्वच्छ सहर बनाउन नगरका वासिन्दामा पनि चेतना आउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय वाणिज्य सङ्घ विर्तामोडका अध्यक्ष सुभाष भट्टराई, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ढुण्डीराज गिरी र प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले आफ्नो नगर, सडक र आँगनको फोहोर सँधै अर्काले आएर सफा गरिदिन सम्भव नभएको धारणा राख्दै सरसफाई सम्बन्धी चेतना नगरवासीमा नभएको गुनासो गरेका थिए ।

प्रेस चौतारी झापाको पूर्व क्षेत्रीय समिति विर्तामोडको आयोजनामा भएको सो अन्तरसंवाद कार्यक्रममा प्रेस चौतारी झापाका सचिव प्रदीप परियारले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजीले कार्यक्रमको सुरुमै आयोजनाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य तीर्थ सिग्देल, चौतारीकै झापा संस्थापक अध्यक्ष नेत्र पाठक, पूर्व क्षेत्रीय समितिका पूर्व अध्यक्ष याम विमली र विर्तामोडमा सरसफाइ अभियान चलाइरहेका विवेकशील, सिर्जनशिल, युवा सङ्घ, प्रकृति समाज लगायतका सङ्घ संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

(२०७३ भदौ १७ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: