तीनै तहको चुनाव गर्न ओलीको आग्रह

  प्रकाशित मिति
२० फाल्गुन २०७३, शुक्रबार १६:२६


oli
झापा, २० फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताएका छन् ।

‘बैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा भइसकेको छ’, शहीद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको शुक्रवार ज्यामिरगढीमा उद्घाटन गर्दै उनले भने भयो–‘अब प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनु पर्छ ।’

सर्वोच्च अदालतले समेत तीनै तहको चुनावको तालिका सार्वजनिक गर्न सरकारलाई आदेश दिइरहनु परेको स्मरण गराउँदै एमाले अध्यक्ष ओलीले १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने बताए ।

झापा विद्रोह लगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजान नेकपा एमालेले नेतृत्व गरिरहेको उनले बताए ।

२०२९ सालमा सुखानीमा सहिद हुनु भएका वीरेन राजबंशीको स्मृतिमा ज्यामिरगढी–३ मा अर्धकदको सालिकसिहत २ तले सामुदायिक भवन निर्माण गरिएको हो । रातो रिबन काटेर एमाले अध्यक्ष ओलीले भवनको उद्घाटन गरे ।

भवनको निर्माणमा ४९ लाख रुपैयाँ खर्च भएको प्रतिष्ठानका अध्यक्ष पदम गौतमले बताए

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: