पत्थरी तीन ठाउँ, अपरेसन एउटैे

  प्रकाशित मिति
६ श्रावण २०७४, शुक्रबार १३:४०


56
भद्रपुर । झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलले एकै पटक तीन ठाउँमा देखापरेको ढुंगा(पथरी)को सफल उपचार गराएका छन् ।

विरामीमा देखा परेको तीन ठाउँको ढुंगाको उपचार दुरविर पद्दतिबाट गराइएको हस्पिटलका सञ्चालक बालकृष्ण पोखरेल (साईराम)ले जानकारी दिए ।

पोखरेलका अनुसार एकै पटक तीन ठाउको ढुंगाको उपचार हस्पिटलले पहिलो पटक सफलतापूर्वक गराइएको बताए ।
झापा मेचीनगर–८ आयाबारी बस्ने २९ बर्षीया रिता मेचेको ढुंगाको उपचार गराइएको हस्पिटलका कन्र्सलटेण्ट ल्याप्रोस्कोपिक सर्जन डा. शशिकुमार सिहले जानकारी दिए ।

विरामी रीताको दुई वटा किड्नी र पिसाब नलीमा ढुंगा फेला परेको थियो । दुवै किड्नीमा देखापरेको ढुंगाको उपचार कमै हस्पिटलले एकै पटक शल्यक्रिया गर्ने गरेको सर्जन डा. सिहले बताए ।

उहाँको किड्नीमा ७ देखि १० एमएमका मल्टिपल ढुंगा रहेको थियो भने, पिसाब नलीमा ९ एमएमको ढुंगा देखा परेको थियो । मिनि पिसिएनएल दुरविन पद्दतिबाट किडनीको ढुगा बाहिर निकालेको र पिसाव नलीको ढुंगा फुटाएर बाहिर निकालीएको डा. सिहको भनाई छ । वैदेशिक रोजगारीको शिलसिलामा बाहिर बस्दै आएकी रीता ढुंगाको उपचारका लागि विभिन्न हस्पिटलबाट औषधी लिदै आएकी थिइन् ।

औषधीले काम नगरेपछि नेपाल फर्किएकी उनी परिवारको सल्लाहमा ओम साईमा उपचार गराउन आएकी बताइन् । कम खर्चमा चिरफार विना दुरविनबाट सफल उपचार भएकोमा रीताले खुशी समेत व्यक्त गरेकी छिन् ।

हस्पिटलले ५० लाख रुपैया लागतमा अत्याधुनिक प्रविधियुक्त मेसिन जडान गरेपछि ढुंगाको उपचार गराउने विरामीको चाप पनि बढ्न थालेको हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: