खोला दोहन रोक्ने प्रतिबद्धता

  प्रकाशित मिति
२२ चैत्र २०७४, बिहीबार ०७:५७


मेचीनगर । जिल्ला समन्वय अधिकारी खेम ओझाले आगामी ३ दिनभित्र मेचीनगरका नदीहरुमा भइरहेको अनाधिकृत दोहन रोक्ने प्रतिबद्धता जनाएका छन् ।

मेचीनगर नगरपालिकामा बुधवार बसेको सर्वपक्षीय बैठकमा प्रदेश सांसद, नगर पदाधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुले एउटै स्वरले नदीहरुमा बालुवा र गिटी निकाल्ने नाममा ठेकेदारहरुबाट भइरहेको अत्याधिक दोहनको विरोध गरेका थिए ।

विरोध भएपछि त्यसको जवाफमा जिल्ला समन्वय अधिकारी ओझाले त्यस्तो दोहन ३ दिनभित्र रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रदेश सांसद गोपाल बुढाथोकीले टिमाइ खोलामा जिल्ला समन्वय समितिले ठेक्का लगाउँदा तोकिदिएको मात्रा र गहिराइभन्दा बढी ढुङ्गा र बालुवा निकालेर ठेकेदारहरले लगिसकेको हुँदा अब नदी दोहन तत्काल बन्द गरिनु पर्ने धारणा राखेका थिए ।

उनले टिमाइ दोहनका कारण शान्तिनगरको ठूलो बस्ती र धुलावारी खानेपानीको मुहान पहिरोको जोखिममा परेको बताए ।

यसैगरी, नगर प्रमुख विमल आचार्यले मेचीनगर–१५ मा सञ्चालित अबैध क्रसर उद्योगले नगरपालिकाको निर्देशन अटेर गरेर प्राकृतिक स्रोतमाथि दोहन गरिरहेको हुँदा त्यसलाई बन्द गराउनु पर्ने धारणा राखेका थिए ।

नगरपालिकाले हालै गरेको प्राविधिक अनुगमनबाट ठेकेदारहरुले तोकिएको मात्राभन्दा बढी ढुङ्गा र बालुवा नदीहरुबाट झिकेर लगिसकेको प्रमाणित भएको थियो । उक्त तथ्याङ्क सर्वपक्षीय बैठकमा प्रस्तुत गरिएको थियो ।

त्यहाँ उठेको मागप्रति प्रजिअ तिवारी र एसपी केसीले चासो देखाउँदै प्राविधिक रिपोर्टसहित नगरपालिका अघि बढेमा त्यस्तो दोहन रोक्न प्रहरी प्रशासनले सघाउने बचन दिएका छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: