तीन लाख घुससहित सवइन्जिनियर पक्राउ

  प्रकाशित मिति
५ भाद्र २०७३, आईतवार १९:०९


काठमाडौँ, ५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु तीन लाख घुससहित काठमाडौँ महानगरपालिकाका– ३ का सवइन्जिनियर दिनेश श्रेष्ठलाई सोमबार पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार सवइन्जिनियर श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि एक सेवाग्राहीसँग महाराजगन्जस्थित रेस्टुराँबाट घुस रकमसहित पक्राउ गरिएको हो ।

सवइन्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधरामा पुगेको आयोगको टोलीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: