तीन लाख मुल्य बराबरको लत्ताकपडा बरामद

  प्रकाशित मिति
२४ मंसिर २०७७, बुधबार १५:१४


झापा, २४ मंसिर । झापाको विभिन्न सीमा नाका क्षेत्रबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव तीन लाख मुल्य बराबरको लत्ता कपडाहरु प्रहरीले बरामद गरेको छ ।

सुराकीको आधारमा मंगलबार राती १० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरीको गस्ती टोलीले मेचीनगर–७ स्थित सतिघट्टा क्षेत्रबाट भारतीय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको एक लाख ४ हजार मुल्य बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरेको हो ।

बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: