तीन सम्मानित, कृति लोकार्पण

  प्रकाशित मिति
३२ जेष्ठ २०७६, शनिबार १६:२१


देवीचरण भण्डारी

विर्तामोड । चेतना प्रकाशनले तीन छुट्टा छुट्टै क्षेत्रका व्यक्तिलाई शनिवार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

विर्तामोडस्थित जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा नगद पाँच हजार रुपैयाँले साहित्यकार विजय खरेल, सामाजसेवी त्रिलोचन सङ्ग्रौला र शिक्षासेवी जयप्रसाद उप्रेतीलाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि साहित्यकार सरोज ओली, विशिष्ट अतिथि मुक्ति वराल तथा पुण्य प्रसाद खरेलले फुलमाला, दोसलाले सम्मान गरेका थिए ।

दुई सत्रमा विभाजित कार्यक्रममा पहिलो सत्रमा सम्मानको कार्यक्रम र दोस्रो सत्रमा पुस्तक विमोचनको कार्यकम रहेको थियो ।

चेतना प्रकाशन संस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष समेत रहेका आख्यानकार पुण्यप्रसाद खरेलको ‘समय समयका बोली’ नामक निबन्ध संग्रहको लोकार्पण गरिएको थियो ।

लोकार्पित कृतिको समीक्षा कथाकार भवानी क्षेत्री, होम सुवेदी र कमलप्रसाद गुरागाईंले गरेका थिए ।
कार्यक्रकममा प्रमुख अतिथि सरोज ओली, विशिष्ट अतिथि मुक्ति प्रसाद उपाध्याय वराल, प्राज्ञ यज्ञराज प्रसाईं, कोमलप्रसाद पोखरेल, विजय खरेलले मन्तव्य राखेका थिए ।

कार्यक्रममा समीक्षा थपलिया, मीना अधिकारी, नारायणप्रसाद भट्टराई, बिन्दुप्रसाद दाहाल, हरिप्रसाद नेउपाने र खिलप्रसाद शिवाकोटीले कविता वाचन गरेका थिए ।

अध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष हेमनाथ अधिकारीले स्वागत गरेको व्यक्त गरेका थिए भने सञ्चालन सचिव पुण्य खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: