मेचीनगर । कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बागलुको अर्की महिलामा पनि कोरोना पोजेटिभ भेटिएको छ । महिला लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी थिइन् ।
नगरपालिकाका प्रमुख महादेव बजगाइँका अनुसार शुरुमा –यापिड टेस्ट गर्दा सो महिलामा कोरोना नेगेटिभ देखिएको थियो । तर, पीसीआर मेसिनबाट थप परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतले पनि पीसीआर प्रविधिबाट उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ।
उनलाई अहिले आइसोलेसनमा राख्नका लागि एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । योसँगै कलाली जिल्लाका तीन जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।
(रातो पाटीबाट)
=====================
तीर्थबाट फर्केकी महिलालाई कोरोना पोजेटिभ
भारतको तीर्थयात्रा गरेर केही हप्ता अघि नेपाल फर्केकी बागलङकी एक महिलामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको छ । तर आरडीटीको मात्र भर नपरेर उनको दोस्रो परीक्षण गरिने भएके छ ।
बागलङुको काठेखोला गाउँपालिकामा ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिए।
र्यापिड टेस्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि पुनः स्वाब संकलन गरी पोखरा पठाउने तयारी गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए। पोजेटिभ देखिएपछि ती महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ।
उनी केहि साताअघि मात्रै भारतको तिर्थयात्रा गएर फर्किएकी हुन्।
(थाहा खबरबाट)