तीस दिनको कैद छल्न दश वर्ष भागेका फरार अभियुक्त पक्राउ

  प्रकाशित मिति
१८ माघ २०७७, आईतवार १८:००


लालबीर विश्वकर्मा ।

झापा, १८ माघ । पन्ध्र र तीस दिन कैद सजाय छल्दै आएका दुई फरार अभियुक्तलाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा मेचीनगर १३ का ५२ वर्षीय लालबीर विश्वकर्मा र कनकाई २ का २८ वर्षीय भीम राई छन् ।

झापा जिल्ला अदालतबाट २०६७ साल जेठ ३१ गते सवारी ज्यान मुद्दामा ३० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएका विश्वकर्मा लुकेर बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभ्टिाको टोलीले शनिवार उनलाई पक्राउ गरेको थियो ।

यसैगरी, २०७४ वैशाख २१ गते बन पैदावार हानी नोक्सानी तथा ओसारपसार मुद्दामा सोही अदालतबाट १५ दिन कैद र ३४ हजार रुपैयाँ जरिवाना तोकिएका राईलाई सुरुंगा इप्रकाले पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतमा आज पेश गरिएका दुबैलाई पीसीआर टेस्ट गर्दा नेगेटिभ आएपछि कारागार चलान गर्न आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जनाए ।

भीम राई।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: