तीस विद्यार्थीलाई छात्रवृत्ति

  प्रकाशित मिति
४ श्रावण २०७३, मंगलवार १४:०५


11
विर्तामोड, ४ असार । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले झापाका ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि आदिवासी जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको आदिवासी जनजाति महासंघ जिल्लाका पूर्व अध्यक्ष प्रेमराज घिसिङले बताए ।

विर्तामोडमा  आयोजित कार्यक्रममा पूर्व अध्यक्ष प्रेमराज घिसिङ, नगर अध्यक्ष पदम बहादुर तामाङ र प्रतिष्ठानका सिनियर लेखापाल कुलनकुमार लामाले ३० जना विद्यार्थीलाई ८ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेका थिए ।

उनका अनुसार प्रतिष्ठानले देशभरका ५०० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । गत मंसिरमा देशभरबाट १५ हजार जनाले आवेदन दिएकोमा ५०० जना छनोटमा परेको प्रतिष्ठानका कर्मचारी दिलिप मास्केले बताए ।

प्रतिष्ठानले २०६८ सालदेखि आदिवासी जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: