तेराख प्रतिष्ठानको अध्यक्षमा पौडेल

  प्रकाशित मिति
१२ माघ २०७६, आईतवार २०:२९


मेचीनगर । साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर–९, धुलावारीको प्रथम साधारण सभाले समाजसेवी शिवकुमार पौडेललाई अध्यक्षमा चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा दुर्गा भुर्तेल खतिवडा, सचिवमा विनोद खनाल, सहसचिवमा घनश्याम घिमिरे र कोषाध्यक्षमा लेखनाथ खतिवडा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण सुवेदी निराकार, जयप्रसाद भण्डारी, मुनामाया राना, महेन्द्रविलास लुइँटेल र सुरेश खतिवडा रहेका छन् ।

प्रतिष्ठानका तदर्थ समितिका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता तथा सहकारी अभियन्ता हरिचरण बानियाँको प्रमुख आतिथ्य र प्रतिष्ठानका संस्थापक संरक्षक तेराखको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष पौडेलले र लेखापरीक्षण प्रतिवेदन सचिव विनोद खनालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा इन्द्रेणी साहित्य समाजकी उपाध्यक्ष मुनामाया राना, डाइनामिक ग्रुप नेपाल भद्रपुरकी अध्यक्ष खगिन्द्रा खुसी, साहित्य चौतारी झापाका अध्यक्ष टङ्क विकल्प र प्राध्यापक तारा विविधले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका संस्थापक संरक्षक तेराखले स्वागत तथा प्रतिष्ठानको औचित्य बारेमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव विनोद खनालले गरेको साहित्यकार देवीचरण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: