तेराख प्रतिष्ठानद्वारा पुरस्कृत

  प्रकाशित मिति
२२ बैशाख २०७६, आईतवार ०७:४८


धुलाबारी । साहित्यकार तेराखको नाममा प्रतिष्ठान सञ्चालनमा आएको छ । धुलाबारी माविमा शनिबार आयोजित कार्यक्रमका बीच प्रतिष्ठान घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा दर्ता नं. २९८९ रहेको प्रतिष्ठानले २०७५ पागुन १२ गते वैधानिकता प्राप्त गरेको थियो । प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा टङ्कप्रसाद न्यौपाने प्रमुख अतिथि रहेका थिए ।

प्राज्ञहरु यज्ञराज प्रसाईं र सुभद्रा भट्टराई, भानु साहित्य प्रतिष्ठान झापाका अध्यक्ष कृष्णप्रसाद उप्रेती र कञ्चनजङ्घा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी र नागरिक एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालको आतिथ्यता रहेको रहेको थियो ।

कार्यक्रममा तेराखकी दिवङ्गत पत्नी पद्मा खतिवडाको नाममा राखिएको पदमा खतिवडा उत्कृष्ट छात्रा प्रतिभा पुरस्कार धुलावारी माविबाट २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण छात्रा रोशनी नेपाललाई सम्मन गरिएको छ । उनलाई नगद ११ हजार १११ रुपैयाँसहित सम्मान गरिएको हो ।

यसैगरी, मेचीनगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीबीच प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न भएको छ । प्रतियोगितामा नौ वटा विद्यालयका १२ जना छात्र÷छात्राहरुले भाग लिएका थिए । साहित्यकार गणेश निरौलाको संयोजकत्वमा जयप्रसाद भण्डारी र खगिन्द्रा खुसी सदस्य रहेको तीन सदस्यीय निर्णायक मण्डलको निर्णयानुसार सीताराम सामुदायिक विद्यालयकी छात्रा शीला लामिछाने प्रथम, इस्ट होराइजन माविकी छात्रा अभिसाराज निरौला द्वितीय, आदर्श विद्या मन्दिरकी छात्रा पवित्रा न्यौपाने तृतीय र हिमालय अङ्ग्रेजी विद्यालयकी छात्रा पूजा अधिकारीले सान्त्वना भए ।

कार्यक्रममा अप्रतियोगी कवि गोष्ठी पनि भएको थियो । कविहरु ज्ञानेन्द्र ढुङ्गाना, हेमन्ता भण्डारी, मातृका सङ्ग्रौला, सीसा थारु, नन्दकिशोर गजुरेल, दयानन्द गोश्वामी, तीर्थ चापागाईं, लक्ष्मी अच्युत ढुङ्गाना, मीना अधिकारी, गणेश निरौला लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, प्राज्ञ यज्ञराज प्रसाईं, प्राज्ञ सुभद्रा भट्टराई, अग्रज पत्रकार चन्द्र भण्डारी, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले मन्तव्य राखेका थिए ।

प्रतिष्ठान स्थापना गर्नुको उद्देश्य र यसले प्रत्येक २ङ२ वर्षमा प्रदान गर्ने पुरस्कारको विधाका सम्वन्धमा प्रतिष्ठानका संस्थापक संरक्षक तेराखले प्रकाश पारेका थिए । १० लाख रुपैयाँको अक्षय कोषको स्थापना गरिएको र सोको व्याजबाट ४ वटा विधामा पुरस्कारको व्यवस्था गरिने तेराखले बताए । उनका अनुसार उत्कृष्ट कृषक पुरस्कार एकजना, उत्कृष्ट शिक्षा सेवी पुरस्कार एकजना, महाकवि देवकोटा पुरस्कार एकजना र पद्मा खतिवडा उत्कृष्ट छात्रा पुरस्कार एक जनालाई प्रत्येक २÷२ वर्षमा प्रदान गरने छ ।

प्रतिष्ठानको स्थापनाको वर्ष भएकाले यसपटक एकजनालाई मात्र पुरस्कृत गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी उपाध्यक्ष दुर्गा भुर्तेल खतिवडाले र स्वागत गीत मार्फत प्रतिष्ठानका सदस्य देवीचरण भण्डारी र खगिन्द्रा खुसीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य टङ्क काफ्ले विकल्पले गरेका थिए भने प्रतिष्ठानका महासचिव विनोद खनालले कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: