तेराख, लोकनाथ र अम्बिकालाई पुरस्कार

  प्रकाशित मिति
१७ पुष २०७२, शुक्रबार ११:५६


 

ambika tejraj
विर्तामोड १७ पुस । नेपाली साहित्य र पत्रकारिताको उत्थानका लागि वर्षेनी साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने स्रष्टा र पत्रकारलाई सम्मान गर्दै आएको जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यस वर्षका लागि उत्कृष्ठ कृति र पुरस्कृत प्रतिभा कृति छनौट गरेको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले यस वर्षका लागि भारत सिलीगुढी निवासी कथाकार लोकनाथ उपाध्याय चापागाँईको ‘किन रोयौ उपमा’ कथा संग्रहलाई उत्कृष्ठ कृति पुरस्कारका लागि छनौट गरेको छ भने झापा धुलावारी निवासी तेजराज खतिवडा (तेराख) लाई दीर्घ साहित्य सेवा सम्मान गर्ने निर्णय गरेको छ ।

त्यस्तै सव्रिmय महिला पत्रकारतर्फ यो वर्ष धुलावारी निवासी लोकतन्त्र पोस्ट र राष्ट्रिय समाचार समितिमा आवद्ध पत्रकार अम्बिका भण्डारीलाई पुरस्कृत गर्ने भएको छ ।

उत्कृष्ठ कृति पुरस्कार र दीर्घ साहित्य सेवा सम्मानको राशी नगद १५ हजार १ सय ११ रुपैयाँ रहेको छ भने धनमाया सव्रिmय महिला पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको कोषका कोषाध्यक्ष डिल्ली प्रसाईले जानकारी दिए ।

कोमलप्रसाद पोखरेल संयोजक रहेको तीन सदस्यीय कृति तथा स्रष्टा छनौट उपसमितिले प्रस्ताव गरेको कृति तथा र सव्रिmय महिला पत्रकार छनौटका लागि लोकराज ढकाल संयोजक रहेको समितिले प्रस्ताव गरेको नाम कार्यसमितिले सर्वसम्मतीले अनुमोदन गरेको थियो ।

कोषले २०५९ सालबाट वर्षेनी उत्कृष्ट कृति सम्मान गर्दै आएको जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले २०६६ सालबाट धनमाया सव्रिmय पत्रकारिता  पुरस्कार २०६८ सालदेखि साहित्यमा दीर्घकालिन रुपमा साधनारत स्रष्टालाई सम्मान गर्दै आएको छ ।

पुरस्कार आगामी माघ १६ गते विर्तामोडमा एक कार्यव्रmमको आयोजना गरी वितरण गरिने कोषका अध्यक्ष प्रसाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: