तेलहालेर मोटरसाइकल स्टार्ट गर्दा आगलागी

  प्रकाशित मिति
२ पुष २०७२, बिहीबार ०९:२६


काँकडभिट्टा । झापाको बुधवारे–९ स्थित जनकल्याण शिव स्टोर्स ९पेट्रोल पम्प०मा आज दिउँसो तेल भरेको एउटा मोटरसाइकलमा आगलागी भएको छ ।

बुधबारे ट्राफिक प्रहरी बिटका इन्चार्ज जनक खड्काका अनुसार दिउँसो १ः१५ बजेतिर पेट्रोल भरेको मे ५ प ३५६ नम्बरको मोटरसाइकल स्टार्ट गरेर लैजान खोज्दा पम्पकै छेउमा अचानक आगो लागेको थियो । मोटरसाइकल मेचीनगर–१ धुलाबारी निवासी सञ्जीव विकको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जल्दै गरेको मोटरसाइकललाई हुत्याएर ५० मिटर टाढा पु¥याई ग्यास बुलेट प्रयोग गरेर आगो निभाएको थियो । मोटरसाइकल स्टार्ट गर्दा ‘मिस फायर’ भएर आगो सल्किएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आगलागी भएको बेला त्यहाँ धमाधम पेट्रोल वितरण भइरहेको थियो ।

प्रहरीको सावधानी र सक्रियताले गर्दा पम्पमा क्षति हुन पाएन । घटनापछि प्रहरीले पम्प क्षेत्रको सुरक्षाका लागि तेल वितरणस्थल भन्दा १० मिटरभित्र मोटरसाइकल स्टार्ट गर्न नपाइने नियम लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: