त्यागी नेतालाई श्रद्धाञ्जलि

  प्रकाशित मिति
२६ माघ २०७२, मंगलवार १५:२३


27-sushil-koirala
जस्तो नाम त्यस्तै सुकाम । पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको नाम नेपाली राजनीतिमा एउटा त्यागी, निष्ठावान र लोकतन्त्रप्रति समर्पित राजनेताको रुपमा उच्चारण गरिन्छ । लोकतान्त्रिक नेपाल निर्माणमा अथक योगदान पुर्याएका एउटा अविस्मरणीय नेता उनै सुशिल कोइरालाको मङ्गलवार राति देहावसान भएको छ । नेपाली काङ्ग्रेसका सभापति समेत रहेका कोइरालाको निमोनियाले श्वासप्रश्वासमा समस्या उत्पन्न भएका कारण निधन भएको चिकित्सकहरूले जनाएका छन् । आजीवन प्रजातन्त्रका लागि सङ्घर्ष गरेका कोइरालाकै प्रधानमन्त्रीत्वकालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । उनको निधनले लोकतन्त्रवादी सम्पूर्ण नेपाली स्तब्ध भएका छन् । भौतिक देह अब नरहे पनि उनको विशिष्ठ योगदान हामी नेपालीहरूका लागि अविस्मरणीय छ । उनको सुन्दर शील र सादा स्वाभाव स्मरण भइरहने छ । हामी पनि उनको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ ।

२००७ सालदेखिकै लोकतान्त्रिक आन्दोलनका एउटा अगुवा योद्धा कोइरालाले नागरिक अधिकारका लागि लड्ने व्रmममा लामो जेल नेल र निर्वासन भोगेका थिए । शान्ति प्रव्रिmया र गणतन्त्रलाई संस्थागत गर्ने सवालमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अख्तियार गरेको बाटो गिरिजाप्रसादको निधनपछि भत्किने हो कि भन्ने त्रास थियो । तर काङ्ग्रेसको सत्तामा उनको आगमनपछि गिरिजाप्रसादकै बाटोमा उनी अविचलित हिडिँरहेँ । उनको यही इमान्दारीले संविधान निर्माणको ढोका खुल्यो र नेपालले इतिहासको एउटा महान फड्को मार्न सक्यो । संविधान निर्माण प्रव्रिmयालाई कुशलतापूर्वक सही निष्कर्षमा पुर्याउने नेताको रुपमा उनी चिरकाल पर्यन्त सम्मानित र स्मरणीय रहनेछन् ।

कोही पनि व्यक्ति शतप्रतिशत खोटरहित हुनै सक्दैन । जो हिड्छ, उसैलाई ठेस लाग्छ । जसले धेरै काम गर्छ, उसैले कहिँ न कहिँ गल्ती पनि गरेको हुन सक्छ । जसले अरुको हितमा धेरै काम गर्छ, उही महान ठहरिन्छ । संविधान जारी भएपछि फेरि प्रधानमन्त्री पदका लागि प्रतिष्पर्धा गरेका कारण उनीमाथि पदलोलुप भएको आरोप नलागेको होइन । तर उनको सिङ्गो जीवनमा पदलोलुपताको धब्बा कहिँ देखिदैन । संविधान निर्माणपछि उनलाई राष्ट्रपति बन्न प्रस्ताव आएकै हो, पार्टीको सहमति नभएपछि उनले लोभ गरेनन् । उनी अविवाहित थिए । प्रधानमन्त्री बनेका बेला उनको निजी सम्पत्तिको नाममा एउटा मोवाइल फोन थियो । सम्पत्ति र पदका लागि उनले कहिल्यै मरिहत्ते गरेनन् । सादा जीवन र उच्च विचार रुचाउने उनी राजनीतिमा असल विम्वको रुपमा सधैँ सम्झिइरहने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: