चारआली । यहि फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व सन्ध्यामा त्रिदेव बहुमुखी क्याम्पस चारआलीले उम्मेदवारहरूको परिचयात्मक कार्यव्रmम सम्पन्न गरेको छ ।
निर्वाचन समितिको आयोजनामा भएको कार्यव्रmममा नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्घगठनबीच परिचयको कार्यव्रmम गरिएको थियो ।
स्ववियु निर्वाचनका लागि नेवि सङ्घका तर्फबाट अध्यक्षका प्रत्यासी कल्पना थापा क्षेत्री र अनेरास्ववियका अध्यक्ष प्रत्यासी लक्ष्मी प्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । तिनै दुई सङ्घठनका उम्मेदवारहरूबीच परिचय कार्यव्रmमको आयोजना गरिएको थियो ।
उनीहरूले १८ गते हुने निर्वाचनमा आफ्नो सङ्घठनलाई विजयी गराउन आग्रह गरेका थिए । साथै विद्यार्थीले आफ्नो नेतृत्व चयन गर्ने भएकाले कुनै पनि राजनीतिक दलको दवावमा रहेर विद्यार्थीको भविष्यलाई कुण्ठित हुन नदिन आग्रह गरेका थिए । नेवि सङ्घका सचिव पदका प्रत्यासी आइतहाङ लिम्बूले निर्वाचन एउटा प्रव्रिmया मात्र भएकाले यसलाई कुनै पनि राजनीतिक मुद्धा नभई विद्यार्थीको नेतृत्व विकास हुने भएकाले आम विद्यार्थीलाई स्वतन्त्र रुपमा निर्वाचनमा सहभागि हुन आग्रह गरे ।
क्याम्पस प्रमुख माधवराज प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यव्रmममा निर्वाचन अधिकृत गोपाल प्याकुरेल, सहायक क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराई, निर्वाचन समिति सदस्य रुपा पौडेल, नरबहादुर श्रेष्ठ, मतदान अधिकृत प्रकाश बास्तोलालगायतले निर्वाचनलाई मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्नका लागि विद्यार्थीको मुख्य भूमिका रहने बताएका थिए । गोपाल प्याकुरेलले उम्मेदवारहरूको परिचय गराएको कार्यव्रmमको सञ्चालन प्रध्यापक लेखनाथ पौडेलले गरेका थिए ।