त्रिफलामा शैक्षिक भेटघाट

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार २२:०७


झापा जिल्ला विभिन्न विशेषताहरूले भरिपूर्ण जिल्ला हो । राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, साहित्यिक, ऐतिहासिक तथा पौराणिक दृष्टिकोणले यो जिल्लालाई सम्वृद्ध जिल्लाको रूपमा हेरिन्छ । पूर्वका पशुपतिनाथका नामले सुपरिचित अर्जुनधारा जलेश्वरधाम, नेपालकै सबैभन्दा होचो भूभाग केचनाकवल र ऐतिहासिक स्थल किच्चकबध यसै जिल्ला भित्र पर्दछन् । कनकाई नगरपालिका भित्र पर्ने पवित्र कनकाई नदी र कोटीहोम अनि धनुषकोटी धाम पनि यसै जिल्ला भित्र पर्दछन् । नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टाको पनि आफ्नै महत्व रहेको छ ।
झापाको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको पुरानो सरकारी क्याम्पस मेची बहुमुखी क्याम्पस पनि भद्रपुर नगरीमा सुशोभित छ । सदरमुकामस्थित वीरेन्द्र उच्च मावि र वीरेन्द्र नमुना क्याम्पसको पनि छुट्टै महत्व र विशेषता रहेको छ । झापा जिल्लाभर छरिएर रहेका हरियाली चिया बगानहरूले हरेक मान्छेको मन लोभ्याइरहेको हुन्छ । यहाँबाट उत्पादित प्राङ्गारिक, अग्र्यानिक र सीटीसी चिया देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा समेत उच्च सम्मानका साथ खपत भइरहेको छ । झापाको राजनीतिक चेतनाले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्दै आएको छ । यहाँको सांस्कृतिक परम्पराको छुट्टै महत्व र विशेषता रहिआएको छ । सन्थाल, मेचे, धिमाल, राजवंशी, झाँगड, राई, लिम्बु, दनुवार, तामाङ, गनगाईं, चौधरी आदि जातजाति तथा जनजातिको लोभलाग्दा मौलिक संस्कृतिहरू ऐतिहासिक सम्पदाका रुपमा रहेका छन् ।

प्रत्येक जातजाति वा जनजातिका संस्कृतिलाई सबैले आदर र सम्मान गर्ने परम्परा छ, झापामा । विभिन्न जातजाति, भाषाभाषीकाबिच कहिल्यै बेमेल र खिचातानी भएको देखिएको छैन । अनेकता बिच पनि एकताको मजबुत डोरीले आत्मियताका साथ सबैलाई कसेर राखेको पाइन्छ । साहित्यको क्षेत्रमा पनि झापाले फड्को मारिरहेको छ । पूर्वका मोतीराम उपनामले परिचित भाषाविद् तथा साहित्यकार चूडामणि रेग्मी, मदन पुरस्कार विजेता कृष्ण धरावासी, आख्यानकार पुण्यप्रसाद खरेल, सरोज ओली, तेराख, नकुल काजी, केपी ढकाल, हेम अधिकारी, विरही अधिकारी, मोहन भण्डारी, इतिहासविद् तथा अध्वेता क्याप्टन गोपीलाल लिम्बु, झापाली छन्द शिरोमणि रोहिणिविलास लुर्इंटेल, रुद्र निरौला, केशवराज खनाल, डिल्लीराज नेपाल, लोकगायक एलपी जोशी, हास्य व्यङ्ग्यकारहरू कोमलप्रसाद पोखरेल र होम सुवेदी, कथाकार ,भवानी क्षेत्री, भुवन सुब्बा खरेल, दोस्रा ेपुस्ताका साहित्यिक व्यक्तित्वहरू मुनाराज शेर्मा, अभागी थेगुवा, सुन्दर कुरुप, दीपक सुवेदी, प्रकाश आङ्दाङ्वे, विष्णु न्यौपाने, आरती पोखरेल, जस्ता हस्तीहरूको बासस्थान पनि हो झापा । यी माथि उल्लेखित नामहरू त प्रतिनिधि नामहरू मात्र हुन् । स्मरणशक्तिमा वल्डरेकर्डर ( गिनिज बुकमा नाम लेखाउन सफल) आदित्य कट्टेलको गृह जिल्ला पनि हो, झापा ।

भर्खरै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल युवा व्यक्ति अनिस लुर्इंटेलको जन्म र कर्मभूमि पनि हो यहीँ नै हो । समाजका हरेक क्षेत्र सँगसँगै सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरू पनि झापामा फस्टाउँदै गएको पाइन्छ । पुस्तकालयको उद्देश्य अनुरुपका व्रिmयाकलापका अतिरिक्त साहित्यिक कार्यव्रmम, साहित्यिक सङ्गोष्ठी, कवि गोष्ठी पनि अहिले पुस्तकालयको नियमित कार्य सूचीमा पर्ने गरेका छन् । मोफसलमा रहेर काठमाडाँैंको हाराहारीमा नयाँ कृति निकाल्ने र बाक्लै साहित्यिक कार्यव्रmमहरू गर्ने जिल्लाको रूपमा झापाले अग्रता कायम गरेको छ भन्दा अतिसयोक्ति नहोला । यस्ता गतिविधिले पुस्तकालयको विकास र विस्तारमा अहम् भूमिका खेल्दो रहेछ । त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी, लेखनाथ पुस्तकालय चन्द्रगढी लगायतका पुस्तकालय यस जिल्लामा उल्लेख गर्न लायकका पुस्तकालय हुन् । यी पुस्तकालयमा नियमित रुपमा पढ्न आउने पाठकको सङ्ख्या उल्लेख्य मात्रामा रहेको पुस्तकालयको तथ्याङ्कले देखाएको छ ।

वास्तवमा पुस्तकालयका कारण पठन संस्कृतिमा पनि विकास हुँदै गएको महसुस गरिएको छ । पुस्तकालयमा विभिन्न दैनिक, साप्ताहिक, पाक्षिक, मासिक र वार्षिक पत्रपत्रिका लगायत साहित्यिक, धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक आदि विषयका पुस्तकको अध्ययनले खोजकर्ता र अनुसन्धानदातालाई ठूलो सहयोग पुर्याउँदै आएको छ । सायद यही पृष्ठभूमिका कारण यहाँ छिमेकी मित्रराष्ट्र भारतको सिलिगुडी ,दार्जिलिङ, खरसाङ, मिरिक, कालेम्पुङ, सिक्किम, आसाम, मणिपुर लगायतका स्थानबाट पर्यटक झापाको विभिन्न क्षेत्रको अध्ययन भ्रमण गर्नेहरूको सङ्ख्या दिनानुदिन बृद्धि भइरहेको देखिन्छ ।
निश्चय पनि यो सुखद् पक्ष हो झापालीका लागि । यसैगरी झापाली साहित्यकर्मी तथा विद्यार्थी पनि सीमापारी अध्ययन भ्रमण र सीमापारी आयोजना हुने साहित्यिक कार्यव्रmममा जाने गरेको अवस्था छ । झापाली मात्र होइन, अन्य जिल्ला र राजधानी काठमाडौँबाट समेत देशको प्रतिनिधित्व गर्दै विशिष्ट साहित्यकारबाट पनि सीमापारीका विभिन्न स्थानको साहित्यिक सद्भाव यात्रा हुँदै आएको छ । यसरी गरिएका भ्रमणले सीमापारी र वारीको साहित्यिक, सांस्कृतिक, भाषिक सामाजिक गतिविधि एवम् आपसी सम्बन्ध मजबुत पार्ने र भावनात्मक एकता पनि बृद्धि हुन जान्छ ।

यसै पृष्ठभूमिमा गएको जेठ १४ गतेका दिन सिक्किमेली विद्यार्थीको एक टोलीले त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारी र लेखनाथ पुस्तकालय भद्रपुर–१४ चन्द्रगढीको अध्ययन भ्रमण गरेको छ । गेजिङ महाविद्यालय सिक्किमका प्राध्यापक दुर्गा गौतमको नेतृत्वको भ्रमण टोलीमा सो विद्यालयका स्नातकोत्तर तहका विद्यार्थी फुलमाया तामाङ, जयन्ती शर्मा, मनिता सन्यासी, पदमा क्षेत्री, रेणुका शर्मा, लीला दहाल र भीमकुमारी क्षेत्री रहेका थिए । अध्ययन भ्रमणका व्रmममा दुवै पुस्तकालका बारेमा भ्रमण टोलीका विद्यार्थीले सामुहिक र व्यक्तिगत जिज्ञासा राखेका थिए । यो भ्रमण टोलीको सम्मानमा त्रिफला राष्ट्रिय पुस्तकालयले औपचारिक कार्यव्रmमको आयोजना गरेर पाहुना टोलीलाई स्वागत सम्मान गरेको थियो । नेपाल राष्ट्रिय पुस्तकालय काठमाडौंँका प्रमुख तथा शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न स्वागत सम्मान कार्यव्रmममा सिक्किमबाट अध्ययन भ्रमणमा आउनुको उद्देश्यमाथि उक्त महाविद्यालयका प्राध्यापक गौतमले प्रकाश पार्दै भ्रमण टोलीमा सहभागी विद्यार्थीको परिचय गराएका थिए । भ्रमणको उद्देश्यमाथि प्रकाश पार्ने व्रmममा प्राध्यापक गौतमले यस प्रकारको अध्ययन भ्रमणले महाविद्यालय र पुस्तकालयबिच सुमधुर सम्बन्ध कायम हुने, शैक्षिक गतिविधिका बारेमा समेत पुस्तकालयले जानकारी प्राप्त गर्ने र पुस्तकालयको गतिविधि, सङ्ग्रहित पुस्तकका बारेमा महाविद्यालयले विद्यार्थीमार्फत् अवगत गर्ने गराउने हँुदा यसको खास महत्व रहेको कुरा बताएका थिए । उनले यो अध्ययन भ्रमण नेपालका साहित्यकारको खोज अनुसन्धान र पुस्तकालयका गतिविधिको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले गरिएको कुरा बताएका थिए । कार्यव्रmमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवचन्द्र निरौलाले भने, ‘पुस्तकालय विनाको साहित्य र साहित्य विनाको पुस्तकालय कल्पना पनि गर्न सकिँदैन । यी दुवै एक अर्काका परिपूरक हुन् । जहाँ साहित्यको विकास हुन्छ, त्यहाँ निश्चित रूपमा पुस्तकालयको पनि विकास हुन्छ, जहाँ पुस्तकालयको विकास हुन्छ त्यहाँ साहित्यको पनि विकास हुन्छ । त्यसैले पुस्तकालय र साहित्यको नङ र मासुको सम्बन्ध हुन्छ भन्दै नेपालका पुस्तकालय र पुस्तकालयका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

त्रिफलाका सभापति प्रेमप्रकाश फलाहारीको अध्यक्षतामा भएको कार्यव्रmममा स्वागत महासचिव विनोद खनालले र सञ्चालन सचिव हरिप्रसाद रिमालले गरेका थिए । कार्यव्रmममा आख्यानकारद्वय पुण्यप्रसाद खरेल, तेजराज खतिवडा (तेराख), पुस्तकालयका उपाध्यक्ष रामप्रसाद दाहाल, कृष्णप्रकाश सुमार्गी, तेजबहादुर आचार्य, राजेन्द्र सङ्ग्रौला, प्रेमप्रसाद बानियाँ, मोहनकुमार भेटुवाल, भजन गायक मातृका सङ्ग्र्रौला, पुस्तकालयका कर्मचारीद्वय अञ्जु प्रधान र पुष्पा चौहान लगायतको उपस्थिति रहेको थियो । झापाली स्रष्टाले पाहुना टोलीलाई आ–आफ्ना कृतिहरू उपहार स्वरुप प्रदान गरेका थिए । सभाध्यक्षको मन्तव्यको व्रmममा प्रेमप्रकाश फलाहारीले त्रिफला राष्ट्रिय पुस्तकालयको गतिविधि र पुस्तकालय महासङ्घको बारेमा जानकारी गराएका थिए । यातायात व्यवसायीको हड्तालका कारण यातायात ठप्प भएका कारण भ्रमण टोलीलाई आवतजावत गर्न निकै कठिन भएको थियो ।

खै, यो बन्द संस्कृतिको अन्त्य कहिले हुने हो यो देशमा । सानातिना कुरामा पनि बन्द हड्ताल हुने र बेलैमा मागको सुनुवाइ नगर्ने र बेला बितिसकेपछि मात्रै वार्ता र संवाद गर्ने सरकारी परिपाटीले गर्दा आमनागरिकले अनाहकमा दुःखकष्ट झेल्नु पर्ने अवस्थाको विकास हुँदै जानु सबैको चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: