त्रिवि कर्मचारी संघमा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

  प्रकाशित मिति
१५ असार २०७९, बुधबार १४:३८


झापा, १५ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघको १२ औं निर्वाचनमा एमाले निकट कर्मचारीको प्यानलै विजयी भएको छ ।

असार १० गते नयाँ नेतृत्वका लागि भएको चुनावमा एमाले समर्थित प्रगतिशील कर्मचारी संगठन र एमाले बाहेकको प्रजातान्त्रिक–वाम लोकतान्त्रिक गठबन्धनबीच चुनावी भिडन्त भएको थियो । अध्यक्षमा एमाले निकट छत्रबहादुर कार्की विजयी भएका हुन् ।

मंगलबार राति सकिएको मतगणना अनुसार कार्कीले २४४१ मत पाए भने गठबन्धनका उम्मेदवार पुण्यप्रसाद आचार्यले १९२७ मत ल्याए ।

त्यस्तैगरी संघको महासचिवमा प्रगतिशील कर्मचारी संगठनकी सिर्जना भोमीले २१९३ मत ल्याएर विजयी भइन् । गठबन्धनका दुर्गाप्रसाद तिमिल्सिनाले १८८४ मत प्राप्त गरेका छन् । महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप सापकोटाले १५० मत पाए ।

एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिवसहित २५ सदस्यीय केन्द्रीय समितिमा सबैमा एमालेनिकट कर्मचारी विजयी भएका छन् ।

संघमा यसअघि कांग्रेस निकट कर्मचारीले सबै पदमा जितेको थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: