इटाभट्टा । त्रिवेणी महिला समूह मेचीनगर–११ ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मेचीनगरपालिकाको आर्थिक सहयोगमा आदर्श उमावि इटाभट्टाको प्राङगणमा सम्पन्न शिविरमा ४ सय विरामीले सेवा लिएका छन् ।
विपि कोइराला प्रतिष्ठान धरानका स्त्रीरोग विशेषज्ञ डाक्टर पप्पु रिजालको नेतृत्वमा आएको टोलीले विरामीहरूको स्वास्थ्य परिक्षण गरेका थिए ।
समूहकी अध्यक्ष पनिता ढकालको सभापतित्व तथा मेचीनगर नगरपालिकाका खाद्ध अधिकृत दिपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा काँकरभिट्टा खानेपानीका कार्यालय प्रमुख दिपक पोखरेल, अन्तर पार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष माया गुरुङ, समाजसेवी कुमार क्षेत्री, माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे, शान्ति चौधरी, पुष्प पौडेल, डम्बरकुमारी थापा, चन्द्रा शाही, चन्दा राई, विष्णु निरौलाले बोलेका थिए । कल्पना गुरुङ बुढाथोकीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सीता गुरुङले गरेकी थिइन् ।