त्रिवेणी टोलको अध्यक्षमा सुभाष

  प्रकाशित मिति
१८ फाल्गुन २०७६, आईतवार २०:०५


मेचीनगर । मेचीनगर–७ स्थित त्रिवेणी टोल विकास संस्थाको अध्यक्षमा सुभास गुरुङ सर्वसम्मत चयन भएका छन् ।

लोफोफोरस अङ्ग्रेजी माविको परिसरमा शनिवार सम्पन्न तेस्रो साधारण सभाबाट गुरुङ तीनवर्षे कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

संस्थाकी अध्यक्ष पनिता ढकालको सभापतित्व तथा मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर वडा नम्बर ६ का वडाध्यक्ष ललित तामाङ, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका व्यवस्थापक दिपक पोखरेल, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी तामाङ, रुपा गुरुङ, गोर्खा मेमोरियल फन्डका सचिव प्रकाश गुरुङ, कोषाध्यक्ष राजेन तामाङ, त्रिवेणी महिला समूहकी उपाध्यक्ष सीता गुरुङ, सुनगाभा टोल विकास संस्थाकी अध्यक्ष भावना ढुङ्गेल, कञ्चनजङ्घा टोल विकास संस्थाका अध्यक्ष रामबहादुर घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक धनमाया निरौला र नरबहादुर कटुवाललाई सम्मान गरिएको थियो ।

संस्थाले जयप्रसाद निरौलालाई उत्कृष्ट ऋणीको रुपमा सम्मान गरेको छ । सम्मानित तीनैजनालाई सम्मान पत्रसहित नगद प्रदान गरिएको थियो ।

साधारण सभाले जीवन श्रेष्ठ संयोजक रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ । सदस्यहरुमा हरि पौडेल र कल्पना गुरुङ रहेका छन् ।

त्यसैगरी, पनिता ढकालको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाकार समितिको सदस्यहरुमा भक्त बुढाथोकी र जीतबहादुर कटुवाल रहेका छन् ।

कार्यक्रममा कोषाध्यक्ष भक्तबहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । केदार ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुभास गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: