थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२०

  प्रकाशित मिति
२९ बैशाख २०७७, सोमबार ०९:२१


झापा । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं.  ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: