थापाको पनि उम्मेद्वारी घोषणा

  प्रकाशित मिति
२२ माघ २०७२, शुक्रबार ०४:५१


udhav 2
विर्तामोड । नेपाली काङ्ग्रेस झापाको सभापति पदमा आगामी एक कार्यकाल दोहोर्याउने आकांक्षासहित सभापति उद्धव थापाले उम्मेद्वारी घोषणा गरेका छन् ।

पार्टीका उपसभापति देउमान थेबेले सभापति पदमा चुनाव लड्ने घोषणा गरेको दुई दिन पछि थापाले पनि उम्मेद्वारी निश्चित गरेका हुन् ।
पार्टीको १२ औँ महाधिवेशनमा एउटै खेमामा रहेका थापा र थेबेविच आउँदो जिल्ला अधिवेशनमा चुनावी प्रतिष्पर्धा हुने अवस्था आएको छ ।
पार्टीको एक कार्यकाल सभापतिको जिम्मेवारी सम्हाल्दा सङ्गठनलाई चलायमान बनाउन र संसदीय चुनावमा सम्मानजनक जित हासिल गराउन आफुले कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै थापाले विधानमा नै दुई कार्यकाल सभापति बन्न पाउने व्यवस्था रहेको हुँदा अब थप एक कार्यकालका लागि अवसर प्रदान गर्न आम कार्यकर्तासमक्ष अनुरोध गरेका छन् ।

सांसद सुधिर शिवाकोटीको सभापतित्वमा भएको थापाको उम्मेदवारी घोषणा पार्टीको जिल्ला कार्यालयको सभाहलमा भएको थियो ।
कार्यकर्ताले खचाखच सभाहलमा अतिथिको रुपमा उपस्थित चार जना सांसद सुधिर शिवाकोटी, उषा गुरुङ, अमृतलाल राजबंशी र सरिता प्रसाईले हातेमालो गरेर आफ्नो समर्थन थापालाई भएको सन्देश दिएका थिए ।

कार्यव्रmमका उद्घोषक तथा प्रचार समितिका प्रमुख लोकराज ढकालले ८ मध्ये ७ वटा नगर समिति र ३९ मध्ये ३५ वटा गाउँ समिति थापाको पक्षमा उभिएको दावी सुनाएका थिए ।

सर्वसम्मत रुपमा सभापति पदमा चुनिएका मेचीनगरका इन्द्रबहादुर बुढाथोकी समेत थापाको उम्मेदवारी घोषणा अवसरमा मञ्चमै उपस्थित थिए । उनी थेबे पक्षधर भएको मिडियामा प्रचार गरिए पनि थापाको घोषणा कार्यव्रmममा उपस्थित भएर उनले थापा पक्षधर भएको जनाउ दिएका छन् ।

‘झापामा काङ्ग्रेसलाई गर्व गर्न सक्ने अवस्था बनाएको’ उल्लेख गर्दै थापाले उम्मेद्वारी घोषणा कार्यव्रmममा आफ्नो कार्यकालमा भएका उपलब्धिहरूको लामै चर्चा गरेका थिए ।

उनले सहमतिबाटै आफु चुनिने अपेक्षा गरेको बारम्वार उल्लेख गर्दै उपसभापति थेबेले उम्मेद्वारी घोषणा गरेकाले आफु पनि उम्मेदवारी घोषणा गर्न बाध्य भएको बताएका थिए ।

थापाले आफ्नो कार्यकालको अन्तिम वैठकमा सहमतिको बाटोबाट नेतृत्व चयन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव पास गरेको स्मरण गराउँदै सहमतिका लागि आफ्ना पक्षबाट सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा नगरिएको बताएका थिए ।

कार्यव्रmममा सांसद् सुधिर शिवाकोटी, पूर्व सांसदद्वय डिल्ली सिटौला र शङ्कर उप्रेती लगायतले थापाको उम्मेद्वारीप्रति समर्थन मन्तव्य व्यक्त गरेका थिए ।

२०३२ सालमा नेपाल विद्यार्थी सङ्घमार्फत विद्यार्थी राजनीतिमा प्रवेश गरेका थापा २०४७ सालमा अजुृनधारा गाउँ समितिका सचिव बनेका थिए । २०४८ सालमा भएको पार्टीको आठौँ महाधिवेशन अन्तर्गत उनी झापा क्षेत्र नं. २ को क्षेत्रीय सभापथि चुनिएका थिए । दुई कार्यकाल अर्थात १० वर्षसम्म उनी क्षेत्रीय सभापति रहेका थिए ।

पार्टीमा लगातार २५ वर्षभन्दा ज्यादा विभिन्न जिम्मेवारीमा रहेका उनी नवौँ महाधिवेशनको बेला २०५७ सालदेखि पार्टीको जिल्ला सचिव रहे ।

एक कार्यकाल पार्टीको जिल्ला उपसभापतिको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका उनले ५ वर्षे सभापतिको एक कार्यकाल समेत कुशलतापूर्वक पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: