थोप्लेविरानका १२ परिवारलाई खाद्यान्न

  प्रकाशित मिति
२२ चैत्र २०७६, शनिबार १५:४८


मेचीनगर । विश्वव्यापी फैलिएको कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिबाट सबैभन्दा बढी विपन्न परिवारमा खानलाउन समस्या भएको छ ।
दैनिक ज्याला मजदुरी गरी जीवन चलाउँदै आएका गरिब परिवारमा लक डाउनले असर गरेको हो ।

मेचीनगर–९ स्थित थोप्लेविरानको बालुवाटारका बासिन्दा भोकमरीको चपेटामा परेका छन् । उक्त बस्तीमा अधिकांश मानिस ज्यालामजदुरी गर्दै आएका छन् । तर, कोरोना संक्रमणका कारण मुलुक चैत ११ गतेदेखि ठप्प छ ।

यसैको असरले खानेकुरा अभाव भएको स्थानीय कुमार दनुवारले बताए । उनले काम बन्द भएकाले परिवारलाई दालभात खुवाउन नसकिएको बताए । उक्त बस्तीमा ४० भन्दाबढी विपन्न परिवार बस्छन् । तत्कालीन माओवादी पार्टीले उक्त बस्ती बसाएको हो ।
बालुवाटारका स्थानीयलाई खानलाउन समस्या भएपछि थोप्लेविरानका स्थानीयले राहत वितरण गरेका छन् ।

स्थानीय युवाहरुको सक्रियतामा नगद संकलन गरेर अति विपन्न १२ परिवारलाई पहिलो चरणमा दाल, चामल, तेल उपलब्ध गराइएको हो ।
स्थानीय युवा एकराज नेपालको नेतृत्वको समाजले परिवार संख्या हेरेर खाद्यान्न वितरण गरिएको हो । सामाजिक युवा नेपालले खान पुगोस्, दिन पनि पुगोस् भन्ने हेतुले मानवीय सेवा गरिएको बताए ।

सहयोग गर्ने अन्य युवाहरुमा दिपक खनाल, अमर न्यौपाने, नविन दाहाल, अनिश ढुंगेल, पवित्रा आचार्य, गोविन्द खनाल छन् ।
राहत पाउनेहरुमा कुमार दनुवार, विना पाठक, पुसनी किसान, टंकमाया सार्की, ढोलन दनुवार, चिन्तामणि कर्माकार, गोपाल विक, निशान्त दनुवार, सिंहबहादुर लिम्बू, सोमलाल किसान, पूर्णबहादुर बस्नेत, पूर्णबहादुर रोक्का छन् ।

राहत वितरणका अगुवा नेपालका अनुसार अन्य परिवारको आर्थिक अवस्था हेरेर राहत वितरण गरिदै लगिनेछ ।
सरकारले विपन्न परिवारको पहिचान गरेर खाद्यान्न उपलब्ध गराउने भने पनि बालुवारटारका गरिब परिवारले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: