थोप्लेविरानमा आक्रर्षण थप्ने योजना

  प्रकाशित मिति
२७ मंसिर २०७३, सोमबार १०:५७


tolebiran

मेचीनगर । थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहले विभिन्न सङ्घ संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग पर्यटन क्षेत्र विकास कार्यव्रmम सम्बन्धी अन्तरव्रिmया गरेको छ ।

आइतबार वन परिसरमै गरेको कार्यव्रmममा सांसद तथा प्रमुख अतिथि उषा गुरुङले अन्य सामुदायिक वनमा भएका पूर्वाधारभन्दा फरक पूर्वाधार तयार गरेर जान सके आम्दानीको राम्रो माध्यम हुने बताइन् ।

उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि नौला किसिमका योजनाहरु अघि सारे सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
सामुदायिक वनभित्र खाली रहेको जग्गामा माछापालन, अग्र्यानिक तरकारी खेती र पान मरिचको खेती गर्न सके आम्दानी हुने बताउँदै उपभोक्ता तथा वनका पदाधिकारलाई त्यतातिर पनि ध्यान दिन आग्रह गरिन् ।

विशेष अतिथि मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले थोप्लेविरान सामुदायिक वनलाई होमस्टे सञ्चालन गर्न आग्रह गरे ।
उनले झापाका कुनै पनि सामुदायिक वनले यतातिर ध्यान नदिएको बताउँदै होमस्टे स्थानीय उपभोक्ताको आम्दानीको स्रोत हुने बताए । उनले वनले सो अवधारणा ल्याए नगरपालिकाले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।

कार्यव्रmममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव प्रेम सम्हाम्फे, नेकपा एमालेका जिल्ला सदस्य गोपाल बुढाथोकी, काङ्ग्रेसकै क्षेत्रीय अध्यक्ष मणि उप्रेती, नगर अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, राप्रपा नेपालका नगर अध्यक्ष सुशील आचार्य, मेची उद्योग बाणिज्य सङ्घका उपाध्यक्ष धुव्र कनाललगायतले वनलाई आदिवासी जनजातिको सांस्कृतिक सङ्ग्रालय बनाउन सुझाव दिए । उनीहरुले यस्तो सङ्ग्रालय अहिलेसम्म झापामा नभएको बताउँदै यसले सामुदायिक वनमा पर्यटनको आव्रmर्षण बढ्ने बताए ।

कार्यव्रmममा वनका अध्यक्ष कृष्ण कोइरालाले आगामी पञ्चबर्षे योजनाको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा पाँच बर्ष भित्रमा सामुदायिक वनले उपभोक्ताहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि पूर्वतर्फको सांस्कृति महत्व झल्कने आकर्षक प्रवेशद्वार निर्माणसँगै टिकटघर र कोसेली घरको निर्माण गर्ने, आन्तरिक तथा बाह्य पथ निर्माण गर्ने, पार्किङ स्थल बनाउने, बनभोज स्थल एवम् बालउद्यानको निर्माण, पुनर्उत्थान एवम् उद्धार केन्द्र, भ्यू टावर निर्माण, लुघ सांस्कृतिक सङ्ग्राहलय, स्वमिङ पुललगायत निर्माण गर्ने उल्लेख गरिएको छ ।
संस्थाकी सचिव जानुका ओलीले सञ्चालन गरेको कार्यव्रmममा कोषाध्यक्ष देवीमाया तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: