दक्षिणको छिमेकीमा १० लाख नाघे संक्रमित

  प्रकाशित मिति
२ श्रावण २०७७, शुक्रबार १४:१६


झापा, २ साउन । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनुको संख्या १० लाख तीन हजार ८ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ३४ हजार ९ सय ५६ नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन कोरोना भाइरसका सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा निरन्तर कोरोना भाइरसका एकैदिन थपिने संख्याले रेकर्ड बनाइरहेको छ । अहिलेसम्म विश्वभर अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरसका १० लाखभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २५ हजार ६०२ जनाको मृत्यु भइसकेको छ ।

भारतमा बढ्दो कोरोना संक्रमणको विषयलाई लिएर विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् । उनले बढ्दो संक्रमण रोक्न ठोस र योजनाबद्ध कदम चाल्नु जरुरी रहेको बताएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका ६ लाख ३५ हजार ७ सय ५७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: